Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

युएईबाट काठमाडौं उडेको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ

युएईबाट काठमाडौं उडेको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ

images
युएईबाट काठमाडौं उडेको जहाजको शौचालयमा नवजात शिशु फेला, महिला पक्राउ

४ पुस, काठमाडौं । यूएईको सारजाह विमानस्थलबाट काठमाडौं आएको एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला अवस्थामा फेला परेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बुधबार बिहान ९ बजे काठमाडौं अवतरण गरेको जहाजको शौचालयमा नवजात शिशु फेला परेको पुष्टि गरे । ‘यो घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ,’ उनले भने ।

 

काठमाडौं सारजहाबाट आएको भएपनि यात्रु कुन मुलुकबाट आएको भन्नेबारे विमानस्थलसँग विस्तृत जानकारी नभएको उनले बताए । यो घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्‍याएको उनले जानकारी दिए ।

 

जी९५३६ उडान नम्बरको यो जहाज काठमाडौंमा ९ बजेर १० मिनेटमा अवतरण गरेको थियो । अनलाईन खबर डटकममा यो समाचार प्रकाशन गरेको छ ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १५:३६:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend