Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

रवि लामिछानेले भने– सेनाले फास्ट ट्र्याकको काम कछुवाको गतीमा गरेछ

रवि लामिछानेले भने– सेनाले फास्ट ट्र्याकको काम कछुवाको गतीमा गरेछ

images
रवि लामिछानेले भने– सेनाले फास्ट ट्र्याकको काम कछुवाको गतीमा गरेछ

 

काठमाडौँ । सांसद रवि लामिछानेले फास्ट ट्र्याक निर्माणको काम कछुवा ट्र्याकमा अघि बढेको बताएका छन् । राज्य व्यवस्था समितिको बैठकमा बुधबार बोल्दै उनले नेपाली सेनाले पेश गरेको रिपोर्टप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् ।

 

सांसद लामिछानेले भने, “राज्यले सोचेको सेनाको परिकल्पना र भूमिकाबारे हामी गम्भीर छौँ। तर ठेक्कापट्टाबारे निर्मम भएर छलफल गर्नुपर्छ। अहिले सेनाले पेश गरेको रिपोर्ट हेर्दा फास्ट ट्र्याक होइन चिप्ले किरा ट्र्याक वा कछुवा ट्याक भन्नुपर्छ।”

 

उनले फास्ट ट्र्याक निर्माण गर्दा प्राचीन सहर खोकना मास्न नहुनेमा समेत जोड दिए । लामिछानेले परामर्श खर्च मात्रै एक अर्ब खर्च भएकोतर्फ पनि सचेत गराए । 

 

उनले सेनाको आफ्नै क्षमता २२ किलोमिटर सडक मात्रै खोल्ने देखिएको बताउँदै बाँकी अरु कम्पनीलाई दिएको पाइएको बताए । 

 

यसरी हेर्दा मूल ठेकेदार सेना र अन्य कम्पनी उपठेकेदार भएको देखियो’ उनले भने । उनले सेनाको रिपोर्ट हेर्दा ट्रान्सफर्मर जडानमा प्राधिकरणलाई १८ करोड तिरेको देखिएको तर महालेखाले यो खर्च सम्बन्धितलाई नै तिराउने भनेको बताए । 

 

सांसद लामिछानेले सेनाकोलाई विवादमा ल्याउन भने नहुने बताए । उनले सेनाको काम कारबाहीको छानबिनमा अन्य निकायको हात नहुने भएकोले बढी आर्थिक चलखेल भएको हुनसक्ने बताए । 

 

उनले भने– ‘तर आर्थिक चलखेल गर्न सजिलो हुन्छ भनेर यस्ता ठुला आयोजना सेनालै दिइएको हो ? सेनामा हुने अनियमितता सैनिक ऐनअनुसार हुने रहेछ। तर अख्तियार, सतर्कता केन्द्रले हेर्न नपाउने रहेछ। सेना आफैले भ्रष्टाचार छानबिन गर्ने भएपछि ठुला भ्रष्टाचारको ढाकछोप भएको हो कि ?’

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १५:५१:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend