Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

पाल्पा क्रिकेट संघका अध्यक्ष राजेश श्रेष्ठको निधन

पाल्पा क्रिकेट संघका अध्यक्ष राजेश श्रेष्ठको निधन

images
पाल्पा क्रिकेट संघका अध्यक्ष राजेश श्रेष्ठको निधन

पाल्पा — जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको बुधबार निधन भएको छ । तानसेन नगरपालिका–७, लामडाँडामा बस्दै आएका श्रेष्ठ गत मंसिर १४ गते अचानक बिरामी परेका हुन् ।

 

श्रेष्ठको लामो समय लुम्बिनी मेडिकल कलेज पाल्पा र त्यसपछि काठमाडौंमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा काठमाडौंमा निधन भएको हो । श्रेष्ठलाई आन्तरिक रक्तश्राव भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

पेटको समस्या भएर सामान्य औषधि सेवन गरेका श्रेष्ठलाई आकस्मिक आन्तरिक रक्तश्राव भएपछि अस्पताल भर्ना गरिएको परिवारले जनाएका छन् । लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा सुधार नआएपछि काठमाडौंमा उपचारका लागि लैजानु परेको क्रिकेट संघका उपाध्यक्ष शैलेन्द्र भट्टराईले जानकारी दिए ।

श्रेष्ठ लुम्बिनी प्रदेश क्रिकेट संघका कोषाध्यक्षका साथै लुम्बिनी प्रदेशकै खेलाडी छनोट समितिका संयोजकसमेत थिए । २०६० सालमा गठन भएको जिल्ला क्रिकेट संघको श्रेष्ठले अहिलेसम्म नेतृत्व लिएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - १६:११:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend