Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेपाल–अष्ट्रेलिया सिधा उडानको अन्तिम तयारीमा

नेपाल–अष्ट्रेलिया सिधा उडानको अन्तिम तयारीमा

images
नेपाल–अष्ट्रेलिया सिधा उडानको अन्तिम तयारीमा

नेपाल वायुसेवा निगमले बहुप्रतिक्षित नेपाल–अष्ट्रेलिया सिधा उडानको अन्तिम तयारीमा रहेको जानकारी दिएको छ । सन् २०१९ मा नेपाल र अष्ट्रेलिया बिच हवाई सम्झौता भएपनि अबको केही महिनाभित्रै उडान सुरु गर्नेगरि सबै तयारी पूरा भएको छ ।

अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय ९स्लट० पाइसकेको निगमले आवश्यक सबै प्रक्रिया पूरा गरेर अष्ट्रेलियन नागरिक उड्डयनको उडान अनुमति कुरिरहेको प्रवक्ता पौडेलले बताउनुभयो ।‘किङ्सफर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलले बिहीबार र शनिबारका लागि पहिले नै स्लट दिईसकेको छ, अष्ट्रेलियन नागरिक उड्डयन प्राधिकरणमा आवश्यक कागजपत्रसहितका सबै पूरा गरेका छौं,अब उडान अनुमति पत्र पाउनासाथ उडान भर्नेगरि तयारी अवस्थामा छौं। ’ प्रवक्ता पौडेलले नेपाट्युबसँग भन्नुभयो । निगमले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि अष्ट्रेलियन नागरिक उड्डयनले कागजातको जाँच गरिएका कारण उडान अनुमतिको पत्राचारको प्रक्रिया केही लम्बिएको छ ।

सबै प्रक्रिया पूरा गरेको निगम आफैले, क्यानबेरास्थित दूतावास,नेपाल सरकार, पर्यटन मन्त्रालय सबै च्यानल मार्फत अनुमति पत्रका लागि पहल गरिरहेको निगमका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । प्रक्रियामा रहेको भन्ने जानकारी आएकाले यही समयबाट सिधा उडान भन्न गाह्रो भएपनि केही महिनाभित्रै उडान सुरू हुने प्रवक्ता पौडेलले विश्वास व्यक्त गर्नुभयो ।

निगमसँग भएको एयरबस ३३० जहाज सिधा अष्ट्रेलिया उड्न नसक्ने भन्दै सिंगापुरमा तेल भरेर उडान गर्नेगरि तयारी भैरहेको छ । कतिपय प्राविधिक क्षेत्रका जानकाहरुले लागत र कर्मचारी भर्तीको चलखेल भन्दै विरोध पनि गरिरहेका छन् । जे होस्, यसअघि कोभिडको समयमा सिड्नी र मेलबर्नबाट चार्टर्ड उडान भरेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बहुप्रतिक्षित नेपाल–अस्ट्रेलिया सिधा उडान केही समयबाट थाल्ने निश्चित जस्तै बनेको छ ।

करिब दुई लाख नेपाली बसोबास गरिरहेकाले अष्ट्रेलियामा नेपालीहरूको आउजाउ बाक्लो हुने गर्दछ ।

 

images
प्रकाशित मिति :पौष ८, २०८० आइतवार - ०२:२५:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend