Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दक्षिण कोरियामा हप्ता दिनमै तीन नेपालीले ज्यान गुमाए

दक्षिण कोरियामा हप्ता दिनमै तीन नेपालीले ज्यान गुमाए

नेप्लिज डायस्पोरा

११, पौष २०८०
images
दक्षिण कोरियामा हप्ता दिनमै तीन नेपालीले ज्यान गुमाए

काठमाडौं । दक्षिण कोरियामा कार्यरत तीनजना नेपालीको मृत्यु भएको छ । एक साताको अवधिमा दुई पुरुष र एक महिलाको मृत्यु भएको हो ।

एनआरएनए दक्षिण कोरियाको फेसबुकमा पनि यो कुरा उल्लेख गरिएको छ ।

गत आइतबार कोरियाको गजेदोस्थित एक कम्पनीमा कार्यरत सोलुखुम्बुको नेचासल्यन गाउँपालिका-५ सितादु घरु भएका रञ्जन राईको सुतेकै अवस्थामा मृत्यु भएको छ । सोलुखुम्बु सेवा समाजका पूर्व उपाध्यक्षसमेत रहेका रञ्जन राईको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ ।

यसअघि नुवाकोटको दुप्चेश्वर-२ बोल्गाङ निवासी पासाङ श्याङ्बाको मृत्यु भएको थियो । गत शुक्रबार छुङनाम येसान सीस्थित कम्पनीमा दुर्घटनामा परि उनको मृत्यु भएको बताइएको छ । छनानमा कार्यरत पाँचथरको लिगिम्बाका नरेन्द्र केरुङको पनि सुतेको अवस्थामा मृत्यु भएको हो ।

IMG_4352.jpeg

 

images
प्रकाशित मिति :पौष ११, २०८० बुधवार - ०१:०६:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend