Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको 'डिफ्युजन नोटिस' जारी गर्ने तयारी

जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको 'डिफ्युजन नोटिस' जारी गर्ने तयारी

नेप्लिज डायस्पोरा

१३, पौष २०८०
images
जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको 'डिफ्युजन नोटिस' जारी गर्ने तयारी

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको 'डिफ्युजन नोटिस' जारी गर्न प्रहरीले पत्राचार गरेको छ। 

 

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीसहित चार जनाविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको डिएसपी श्रवणकुमार विकले जानकारी दिए। कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको हो।

पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध जारी गर्न प्रधान कार्यालयको इन्टरपोल शाखालाई अनुरोध गरेको हो। 

इन्टरपोल शाखाले यस विषयमा अध्ययन गरिरहेको स्रोतले बतायो। जसअनुसार अपुग भएका थप कागजात/ विवरण मगाउने तयारी भइरहेको छ।

 

images
प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - ०२:५५:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend