Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मन्त्रीको गाडी आगजनी गर्ने क्रममा एकको मृत्यु, तीन घाइते,१७ जना प्रहरी नियन्त्रणमा

मन्त्रीको गाडी आगजनी गर्ने क्रममा एकको मृत्यु, तीन घाइते,१७ जना प्रहरी नियन्त्रणमा

नेप्लिज डायस्पोरा

१३, पौष २०८०
images
मन्त्रीको गाडी आगजनी गर्ने क्रममा एकको मृत्यु, तीन घाइते,१७ जना प्रहरी नियन्त्रणमा

काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीमा एक जनाको ज्यान गएको छ। आगजनीको क्रममा घाइते भएका उनको उपचारको लागि किस्ट अस्पतालमा लगिएको थियो। उपचारको क्रममा उनको ज्यान गएको हो।

मृतकको परिचय खुलेको छैन। उनि आन्दोलनकारी हुन् वा सर्वसाधरण भन्ने पनि प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ। यस्तै आन्दोलनमा घाइते भएका तीन जनाको उपचार जारी छ। १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मन्त्रीको गाडीलाई आन्दोलनकारीले घेरेपछि मन्त्री ज्वालाका पिएसओले समेत गोली चलाएका थिए।

प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो। रोजगार अनुमति प्रणाली (इपिएस)आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएकाहरुले शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनले देश सञ्चारसँग भने,‘आन्दोलनकारीले मन्त्रीको गाडीमा आगजनी गर्दा सुरक्षाकर्मीलाई हातपात गरेका थिए। स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेका थिए। सोहिक्रममा ललितपुर प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको हो।’ मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा प्रदर्शनकारीले आगजनी गरेका हुन्।

नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका मन्त्री ज्वालासहित उनका दुई जना पिएसओलाई गाडीबाट निकालेर प्रर्दशनकारीले आगजनी गरेका नेकपा एसकी केन्द्रीय सदस्य चमिना भट्टराईले देशसञ्चारलाई जानकारी दिइन्।

images
प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - १४:२५:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend