नयाँसाल सधै नयाँ बनेर आउछौ
आज बीस चौबीस भनेर आउछौ
शुरुमै शुभकामना साटासाट चले
शुभ तीथि मिति गण गनेर आउछौ
परिपक्व लेखाई देखाई र भोगाई
बाह्र म सात दिनले खनेर आउछौ
प्रष्ट खाकामा समयका सुई घुम्दा
भुत वर्तमान भविष्य जानेर आउछौ
महिमा अपार छ चराचर जगतको
नविन सोच र उर्जाले तानेर आउछौ
नयाँ चलनमा रदिफ काफिया छुटेपनि
सिकारु शैली यस्तै हो ठानेर आउछौ
गजलमै हार्द्धिकता अटाउन खोज्दा
भिषाको शुभकामना हो मानेर आउछौ!