पाल्पा, पुष २१ गते ।
काठमाण्डौंमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एमको काठमाडौ एरियाको डिस्ट्रिक्ट गभर्नर्स क्लब भिजिट कार्यक्रम २८,२९,३० सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक गभर्नर लायन पि. एम. जे. एफ. भिमलाल पौड्याल, क्ल्बका संस्थापक अध्यक्ष तथा डिष्टिक चिफ रिता खनाल, सदस्यहरू साथै विभिन्न पदमा रहनु भएका लायन लिडरहरू , LCK आगमनका अध्यक्ष रिता कडेल कोइराला, LCK आयामका उपाध्यक्ष प्रवीन कार्की, LCK अरुदोयका उपाध्यक्ष राजकुमार कुँवरको उपस्थिति थियो ।
LCK आरम्भ देउरालीको आयोजनामा कान्ति बाल अस्पतालमा रहेका ३०० भन्दा धेरै बिरामी र साै कुरुवालाई फलफूल बिस्किट वितरण गरिएको थियो । क्लबकी अध्यक्ष पूर्णिमायाको अध्यक्षतामा यो कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक गभर्नर लायन भिमलाल पौड्यालले क्लबको कार्यको प्रशंसा गर्नु भएको थियो ।

अस्पतालका अध्यक्ष डा. बाबुराम गौतम, निर्देशक डा. पंकज राय र डा. रेस्मा श्रेष्ठ लगायत अन्य डाक्टरहरू, क्लबका पूर्वअध्यक्षद्वय दुर्गा के.सी. र शान्ता पा्न्डे, उपाध्यक्ष यामकुमारी रानाभाट, भगवती सापकोटा र अस्पताल कर्मचारीको उपस्थिति थियो । अतिथि र विभिन्न ओहोदाका पदाधिकारी वर्गले हौसला बढाउनुका साथै शुभकामनाका मन्तव्यहरू राखेका थिए ।
फ्यामिलि क्लबहरू सहित विभिन्न सदस्यहरुको सहभागिता रहेको कार्यक्रम पूर्णरुपले सफल भएको एम.जे. यफ. डिष्टिक चिफ ३२५ एम. डि.जी. टू क्लब भिजिट लायन गीता शर्मा चापागाईं (संस्थापक अध्यक्ष/डिस्ट्रिक्ट चिफ) ले जानकारी गराएकी छन् ।