Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने न्यौपाने पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने न्यौपाने पक्राउ

नेप्लिज डायस्पोरा

२४, पौष २०८०
images
पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने न्यौपाने पक्राउ

 

काठमाडौं ।

पोर्चुगल पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गर्ने भक्तपुरको चाँगुनारायणकी शिवा न्यौपाने पक्राउ परेकी छन्।

वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसका लागि १३ लाख ५० हजार रुपैयाँ लाग्छ भनेर केदार उग्रकोटीबाट १२ लाख रुपैयाँ लिएपछि न्यौपाने फरार भएकी थिइन्। उनलाई आज सोमबार चाँगुनारायण नगरपालिका–२ बाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनले पोर्चुगलमा मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर पैसा लिएको प्रहरीको भनाइ छ।

यस्तै माल्टा पठाइदिन्छु भन्दै आठ लाख ९० हजार रुपैयाँ ठग्ने झापाको बिर्तामोडका विक्रम दाहाल पनि पक्राउ परेका छन्। उनले माल्टामा मासिक एक लाख रुपैयाँ कमाइ हुन्छ र त्यसका लागि नौ लाख रुपैयाँ लाग्छ भनेर ठगी गरेको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - ०५:३७:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend