Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

अनेसासले सुरु गर्यो जन्मदिन मनाउने परम्परा

अनेसासले सुरु गर्यो जन्मदिन मनाउने परम्परा

नेप्लिज डायस्पोरा

२८, पौष २०८०
images
अनेसासले सुरु गर्यो जन्मदिन मनाउने परम्परा

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना भएको ३३ वर्षपछि  ‘अनेसास दिवस’ मनाउन सुरु गरेको छ । सन् १९९१ जनावरी ११ तारिकका दिन अनेसासको विधान मस्यौदा तयार भएको आधारमा यो दिनलाई अनेसासको जन्मदिनका रुपमा मनाउने निर्णयअनुसार यसपटक ‘ आरम्भ वर्ष”का रुपमा मनाइएको हो ।

कार्यक्रममा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीसहित २२ जना संस्थापकहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा  होमनाथ सुवेदी, शिवप्रसाद सत्याल पीठ, अच्युत श्रेष्ठ,

राजु श्रेष्ठ, ऋषिनाथ सुवेदी, पुरु सुवेदी, भीम रेग्मी, डा. विष्णु पौडेल, डा. अमर गिरी,  डा. हरिहर प्रसाद भट्टराई,  राम मालाकार, डीबी तामाङ, लव गाउँले,  भाष्कर गिरी,  पुरू घिमिरे,  प्रकाश सुवेदी,  नन्दा सुवेदी,  वासु सत्याल,  धनमान थापा, कल्पना सुवेदी, कल्पना सत्याल, माधवलाल शर्मालाई सम्मान पत्र अर्पण गरिएको थियो ।

कार्यक्रममा अनेसास बोर्डअफ ट्रष्टि सभापति पदम विश्वकर्मा,पूर्व अध्यक्ष पुरु सुवेदी, भीम रेग्मी, किरण ढुंगाना, वसन्त श्रेष्ठ, मोहन सिटौला, सरला श्रेष्ठ, ज्ञानेन्द्र गदाल, राधेश्याम लेकाली, प्रकाश पौडेल माइला, सल्लाहकारहरू रोहिणी शर्मा, तीर्थराज अधिकारी, केन्द्रीय सल्लाहकारहरू प्राडा. सावित्री मल्ल कक्षपती, गोविन्द गिरी प्रेरणा, भारती गौतमलगायतको समुपस्थिति तथा शुभकामना मन्तब्य राखिएको थियो ।

अनेसासका अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्षद्वय डा. रेणूका सोलु, राजेन्द्र श्रेष्ठ, सचिव दीप पाठक, कोषाध्यक्ष निजानन्द मल्ल, सदस्यहरू प्रमोद सारंग, सरिता अर्याल, रविन शर्मा, तारा अधिकारी, शकुन ज्ञवाली, अनेसास दर्पणका सम्पादक रमेश दाहाल, अन्तर्दृष्टिका प्रधान सम्पादक लालगोपाल सुवेदी, बीओटी कोषाध्यक्ष नेत्रबन्धू पोखरेल, अनेसासका बिभिन्न च्याप्टरबाट राजेन्द्र केसी, पूर्ण बस्नेत, गोमा रेग्मी,गणेश खड्का, राजु सिटौला, महेश्वर पन्त, अबि गजुरेल,विष्णु पगेनी, मीरा कोइराला, ईश्वरी भट्ट, जगन्नाथ पौडेल, नीलकण्ठ सुवेदी, कविन्द्र सिटौला,माया गुरुङ, सौरभ कारञ्जित, भीम कट्टेल, डा. शन्तिमाया गिरी, सुरेन उप्रेती, ललिता जोशी, प्रेमप्रसाद पौडेल, रितादेवी प्रधान, तारा उप्रेती,डा. मुकुन्द पथिक, राम लामा अविनाशी, भरत जंगम, ऋषभदेव घिमिरे, प्रेमप्रसाद भट्टराई, मोहराज शर्मा, ईश्वरी गौतम, परशुराम भण्डारी,  प्रतिमा केसीलगायतले सहभागिता जनाउदै शुभकामना र सिर्जना वाचन गरेका थिए।   

यसैगरी अनेसासका अफ्रिका च्याप्टर, नेपाल च्याप्टर, जर्जिया च्याप्टरलगायतले पनि अनेसास केन्द्रको निर्देशनमा अनेसास दिवस मनाएका छन् ।
आगामी वर्षदेखि सप्ताहव्यापी रुपले यो दिवस मनाउने तयारी गरिएको अनेसासका अध्यक्ष गोवर्द्धन पूजाले बताएका छन् । 

Capture३.PNG०००.PNG

Capture.PNG
 
 
5 Attachments • Scanned by Gmail
 
 
 

 

 
 
 
 

images
प्रकाशित मिति :पौष २८, २०८० शनिवार - ०५:१३:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend