Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

राप्ती दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

राप्ती दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

नेप्लिज डायस्पोरा

२८, पौष २०८०
images
राप्ती दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहाह बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । 

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनीहरुको पहिचान हुन सकेको छैन ।

सबै शव लमहीस्थित अस्पतालमा पठाइएको छ ।  २३ जनालाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाउने तयारी छ । 

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे। १ख ३९१२ नम्बरको यात्रु बस पुलबाट खसेको हो । अहिले प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तीव्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

images
प्रकाशित मिति :पौष २८, २०८० शनिवार - ०७:२३:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend