अब हांस्छ अमेरिकाको कार्यक्रम मेरिल्याण्डमा यहि फेब्रुअरी १८ तारिखमा हुने भएको छ ।
मेरिल्याण्डको कार्यक्रम एभरेष्ट ईन्टरटेन्मेन्ट र ब्रदर्श ईन्टरटेन्मेन्टले गरेका हुन् ।
कार्यक्रमको मुख्य प्रायोजक वन मोर्गेज ईंकका देवदास राजबहाक र बाल्टिमोर बिजनेश ब्रोकरेजका निक अधिकारीले गरेका हुन् ।
मेरिल्याण्डका दर्शकका लागि टिकट दर ५०, ७५ र १०० डलर राखिएको छ ।
बिदेशमा कामको तनाव, समयको अभाव, सबै प्रकारको समस्यालाई केहीबेर भएपनि हास्य मनोरञ्जनको माध्यामबाट मन मस्तिस्कलाई शान्त पार्दै मज्जाले हंसाउने उद्देश्यसहित कार्यक्रमको डिजाईन गरिएको कार्यक्रमको संयोजन गरिरहेका विनोद अधिकारीले बताए ।
उक्त कमेडी कार्यक्रम मेरिल्याण्डको बाल्टिमोरस्थित 7938 Eastern Ave, Baltimore, MD, 21224 मा दिउंस ५ बजेदेखि राति १२:०० बजेसम्म हुनेछ ।
कार्यक्रममा हांस्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कार्की, विष्णुप्रसाद (मेक्सम) गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, सन्तोष थापा, भरतमणी पौडेल, सुमन कोइरालाको प्रस्तुति रहनेछ।
टिकट र सामुहिक प्याकेजका लागि रमेश भट्ट नेपाली छोरोलाई सम्पर्क गर्न सकिन्छ । साथै नियमित टिकट अनलाइनबाट पनि किन्न सकिने व्यवस्था रहेको छ । यो लिंकमा गएर टिकट किन्न पनि सक्नुहुनेछ ।
https://www.everestentertainmentusa.com/book-online
टिकट किन्दा नै सिट नम्बर पनि हुने भएकोले जतिसक्दो छिटो टिकट किनेर आफूलाई मन परेको सिट सुरक्षित गर्न आयोजकले सुझाब दिएका छन् ।
एक महिनाभन्दा बढि समयको लागि 'अब हांस्छ अमेरिका' को टिम अहिले अमेरिकामा छ । बिशुद्ध मनोरञ्जनात्मक कार्यक्रमको सफलताको लागि हरेक स्टेटमा स्थानिय व्यवसायीहरुले पनि सहयोग गरेको संयोजक तथा फ्लाई नेपालका सिईओ विनोद अधिकारीले बताउंछन् ।