Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अब हांस्छ मेरिल्याण्ड कहिले?

अब हांस्छ मेरिल्याण्ड कहिले?

images
अब हांस्छ मेरिल्याण्ड कहिले?

 

अब हांस्छ अमेरिकाको कार्यक्रम मेरिल्याण्डमा यहि फेब्रुअरी १८ तारिखमा हुने भएको छ । 

मेरिल्याण्डको कार्यक्रम एभरेष्ट ईन्टरटेन्मेन्ट र ब्रदर्श ईन्टरटेन्मेन्टले गरेका हुन् । 

कार्यक्रमको मुख्य प्रायोजक वन मोर्गेज ईंकका देवदास राजबहाक र बाल्टिमोर बिजनेश ब्रोकरेजका निक अधिकारीले गरेका हुन् । 

मेरिल्याण्डका दर्शकका लागि टिकट दर ५०, ७५ र १०० डलर राखिएको छ ।

बिदेशमा कामको तनाव, समयको अभाव, सबै प्रकारको समस्यालाई केहीबेर भएपनि हास्य मनोरञ्जनको माध्यामबाट मन मस्तिस्कलाई शान्त पार्दै मज्जाले हंसाउने उद्देश्यसहित कार्यक्रमको डिजाईन गरिएको कार्यक्रमको संयोजन गरिरहेका विनोद अधिकारीले बताए । 


उक्त कमेडी कार्यक्रम मेरिल्याण्डको बाल्टिमोरस्थित 7938 Eastern Ave, Baltimore, MD, 21224 मा दिउंस ५ बजेदेखि राति १२:०० बजेसम्म हुनेछ । 

 

कार्यक्रममा हांस्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कार्की, विष्णुप्रसाद (मेक्सम) गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, सन्तोष थापा, भरतमणी पौडेल, सुमन कोइरालाको प्रस्तुति रहनेछ।

 

टिकट र सामुहिक प्याकेजका लागि रमेश भट्ट नेपाली छोरोलाई सम्पर्क गर्न सकिन्छ । साथै नियमित टिकट अनलाइनबाट पनि किन्न सकिने व्यवस्था रहेको छ ।  यो लिंकमा गएर टिकट किन्न पनि सक्नुहुनेछ ।
टिकट किन्दा नै सिट नम्बर पनि हुने भएकोले जतिसक्दो छिटो टिकट किनेर आफूलाई मन परेको सिट सुरक्षित गर्न आयोजकले सुझाब दिएका छन् ।


एक महिनाभन्दा बढि समयको लागि 'अब हांस्छ अमेरिका' को टिम अहिले अमेरिकामा छ । बिशुद्ध मनोरञ्जनात्मक कार्यक्रमको सफलताको लागि हरेक स्टेटमा स्थानिय व्यवसायीहरुले पनि सहयोग गरेको संयोजक तथा फ्लाई नेपालका सिईओ विनोद अधिकारीले बताउंछन् ।

images
प्रकाशित मिति :माघ ६, २०८० शनिवार - ०७:४८:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend