झलक थापा मगर
हङ्कङ्
२०२४ जनवरी १४ तारिकका दिन टाइटोङ कन्ट्री पार्क युङ्लोङ्मा मगर संघ हङ्कङ्को आयोजनामा मगरहरुको महान सास्कृतिक पर्ब माघेसक्रान्ती मेला २०२४ कार्यक्रम भव्य र सब्य रुपमा सम्पन्न भयो।
उक्त कार्यक्रम मगर संघ हङकङका अध्यक्ष श्री याम बहादुर बुढाथोकी मगर ज्यूको अध्यक्षतामा, यस संस्थाको वरिष्ठ उपाध्यक्ष श्री प्रेम थापा मगरको ज्यूको स्वागत मन्तव्य, नौमति बाजा प्रस्तुति सँगै प्रमुख अतिथि नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर ज्यूले दीप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गर्नु भएको थियो।
किरात राई यायोक्खा हङकङ्का अध्यक्ष श्री चन्द्रिका राई,मगर संघ हङकङका अध्यक्ष श्री नेत्र पहराई मगर,प्रमुख अतिथि श्री ज्ञानेन्द्र पुन मगर ज्यूले शुभकामना मन्तव्य दिनु भएको थियो ।
नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर, जिल्ला परिषद सद्स्य श्री अरुणा गुरुङ र मिस नेपाल हङ्कङ २०२३ का बिजेता श्री अन्जना पुन मगर ज्यूलाई खादा लगाई सम्मान गर्नुका साथै सम्मानपत्र प्रदान गर्नु भएको थियो। यस सस्थाका अध्यक्ष ज्यूले नया आजीवन सद्स्य ज्यूहरुलाई आजीवन प्रमाणपत्र पनि प्रदान गर्नु भएको थियो।
फेसबुक लाइभ तथा क्यामेरा मेनको लागि व्यवस्थापन गर्ने ज्याप स्टुडियोका डाइरेक्टर विक्रम गुरुङ तथा डि टु इन्टरटेन्टमेन्टका डाइरेक्टर श्री धर्मराज गुर्माछाने मगर ज्यूले गर्नु भएको थियो।उक्त कार्यक्रमको सञ्चालन यस संस्थाका महासचिव श्री झलक थापा मगरले गर्नु भएको थियो।
दोस्रो चरणको कार्यक्रममा नेपालबाट आउनु भएको ख्याति प्राप्त कलाकार श्री सागर आले मगर, श्री युबराज मगर, श्री प्रबल थापा मगर, श्री बिमा सारु मगर र श्री मन्जु घर्ती मगर ज्यूको बेजोड प्रस्तुति गर्नुका साथै मगर रोष गुमुष्टाका अध्यक्ष श्री तिना थापा मगर ज्यूहरुको पहलमा कौडा तथा बिभिन्न नृत्य प्रस्तुति गर्नु भएको थियो दोस्रो चरणको सास्कृतिक कार्यक्रम मगर रोष गुमुष्टाका संयोजक श्री निर आले ज्यूले सन्चालन गरि कार्यक्रम समापन यस सस्थाका अध्यक्ष ज्यूले गर्नु भएको थियो।
