Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेटफ्लिक्समा आउंदैछ मनिषा कोईराला अभिनित ‘हीरामण्डी’

नेटफ्लिक्समा आउंदैछ मनिषा कोईराला अभिनित ‘हीरामण्डी’

नेप्लिज डायस्पोरा

१९, माघ २०८०
images
नेटफ्लिक्समा आउंदैछ मनिषा कोईराला अभिनित ‘हीरामण्डी’

काठमाडौं । नायिका मनिषा कोईराला लगायतका कलाकारहरुले  अभिनय गरेको ‘हीरामण्डी’ सिरिज नेटफ्लिक्समा आउने भएको छ ।

यसको टिजर हालै सार्बजनिक गरिएको छ ।

 

बलिउडका शसक्त डाईरेक्टर सञ्जयलीला भन्सालीले यो वेब सिरिजको निर्देशन गरेका हुन् ।

 

नेटफ्लिक्स सिरिजमा भन्सालीको यो पहिलो सिरिज हो ।

 

रानीजस्तै जीवन बिताउँने यौनकर्मीहरुको कथा र त्यो समयलाई सिरिजमा भन्सालीले  उतारेका छन् । प्रेम, शक्ति र स्वतन्त्रताको कथा यसमा देख्न सकिन्छ । 

 

सिरिजमा सोनाक्षी सिन्हादेखि मनिषा कोइराला र अदिति राव हैदरीसम्म सबैले दमदार भूमिका निर्वाह गरेका छन् ।

 

हीरामण्डीको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । बिहीबार रिलिज गरिएको टिजरमा भव्य सेटदेखि रानीजस्तै जीवन बिताउने यौनकर्मीको जीवनलाई विस्तृत रूपमा देखाइएको छ । 

 

भिडियोमा रानीले जस्तै शासन गर्न र आफ्नो शक्ति कायम राख्न यौनकर्मीको संघर्ष देखाइएको छ ।

 

भन्सालीले फेरि आफ्नो जादू चलाउने फ्यानको भनाइ छ । ‘हम दिल दे चुके सनम’ र ‘देवदास’जस्ता ब्लकबस्टर फिल्म दिएका भन्साली आफ्नो भव्यताका लागि परिचित छन् ।

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - ०१:४०:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend