Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आहा ! भन्ने बन्यो एउटी प्रेमील गीत (भिडियो सहित)

आहा ! भन्ने बन्यो एउटी प्रेमील गीत (भिडियो सहित)

नेप्लिज डायस्पोरा

३, फाल्गुण २०८०
images
आहा ! भन्ने बन्यो एउटी प्रेमील गीत (भिडियो सहित)

प्रणय दिवस (फेब्रुअरी १४) को पूर्व सन्ध्यामा लन्डनमा बनाइएको नयां म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

प्रणय दिवसलाई लक्षित गर्दै मायालु जोडीहरूका लागि गीतकर तथा कवि बाबुराम श्रेष्ठ यात्रीको  ‘तिम्रो मिठो मुस्कान’ गीतमा भिडियो बनाइएको हो ।यो भन्दा अघि यात्रीले हाइलाइट म्युजिक बाट "जीवन" गीत ल्याउनु भएको थियो ।यो सगै आधा दर्जन गीत उहाँको बाहिर बजारमा आएको छ।

लन्डनका चर्चित युवा निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशनमा मन इन्टरटेन्मेन्टले म्यूजिक भिडियो प्रस्तुत गरेको हो ।

म्यूजिक भिडियोमा मिसेस नेपाल यूके २०२२ निष्मा बन र सजिन श्रेष्ठले अभिनय गरेका छन् ।

भिडियोमा लन्डनका विभिन्न लोकेशनमा कलाकारहरुको रोमाञ्चक दृश्य आकर्षक देखिन्छ । भिडियो विगतका जस्तै स्तरिय बनेको बताउंदै श्रेष्ठले आफ्नो प्रियजनलाई यही गीतमार्फत भ्यालेन्टाइन डे ‘वीस’ गर्न पनि अनुरोध गरे ।

निर्देशक श्रेष्ठले प्रणय दिवसका अवसरमा प्राय वर्षेनी म्यूजिक भिडियो पस्कंदै आएका छन् । बेलायतमा म्यूजिक भिडियो निर्देशनमा अधिपत्य जमाइरहेका श्रेष्ठ ‘फूलटाइम’ यसैमा व्यस्त छन् ।

गीत सौगातजंग थापा र सुरक्षा सेन्चुरीले गाएका छन् भने संगीत सौगातकै छ । एरेन्ज विशाल निरौला गरेका हुन् । भिडियोमा मेक अपको जिम्मेवारी अम्बिका अधिकारीले निर्वाह गरेकी छन् ।

 

भिडियोः

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - २३:२६:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend