Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नायिका रेखा थापाले अमेरिकामा छोरीलाई जन्माईन

नायिका रेखा थापाले अमेरिकामा छोरीलाई जन्माईन

नेप्लिज डायस्पोरा

११, फाल्गुण २०८०
images
नायिका रेखा थापाले अमेरिकामा छोरीलाई जन्माईन

 

काठमाडौं । नेपालकी नायिका रेखा थापाले अमेरिकाको एक अस्पतालमा छोरीलाई जन्म दिएकी छन् । छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको बताईएको छ । अमेरिकाको कोलोराडोको अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । नायिका थापा केही महिनादेखि अमेरिकाको कोलोराडोमा थिईन ।

 

सामाजिक सञ्जालमा भर्खर जन्मेकी छोरीको तस्वीर सार्वजनिक गर्दै उनले यसबारे जानकारी दिएकी हुन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ । वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन् ।

 

तस्वीरमा नवजात शिशु र रेखाका श्रीमान् बलराम शाही ठकुरी पनि देखिएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०८० शुक्रवार - २०:१२:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend