ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोका आधारमा अन्तिम २५ का प्रतिस्पर्धी छनोट गरिएको हो । कूल ११७ प्रतिस्पर्धीबाट २५ जना छनोट भएका हुन् ।
काठमाडौं । भारतमा आयोजना भैरहेको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डलाई लिएर खुशिको खबर छ । नेपालकी प्रियंकारानी जोशी मिस वर्ल्डको उत्कृष्ट २५ मा प्रवेश गरेकी छन् ।
ब्युटी विथ पर्पस विधामा प्रस्तुत गरेको स्पिच र सन् २०२३ मा राष्ट्रसंघीय दिगो विकास लक्ष्यको विषयमा बनाएको भिडियोका आधारमा अन्तिम २५ का प्रतिस्पर्धी छनोट गरिएको हो । कूल ११७ प्रतिस्पर्धीबाट २५ जना छनोट भएका हुन् ।
हेड टु हेड च्यालेन्ज’मा प्रतिस्पर्धा नेपाली समयानुसार १०ः१५ बजे बिहान दिल्लीको भारत मण्डपमा आयोजना हुनेछ । यो ठाउँमा जी-२० सम्मेलन पनि आयोजना गरिएको थियो ।
‘स्पोर्टस् च्यालेन्ज’ विधाको पनि फाइनलमा नेपाल प्रवेश गरेको छ । प्रारम्भिक नतिजा हेर्दा नेपालको उपस्थिती यसपटकको मिस वर्ल्डमा बलियो देखिएको छ । ७१ औं मिस वर्ल्डको फिनाले मार्च ९ मा मुम्बईमा आयोजना हुनेछ ।
गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'