काठमाडौँ । चर्चित हास्य कलाकार नारायण त्रिपाठीले निर्देशक एभरेस्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ नामक चलचित्रबाट ईण्डष्ट्रिमा कम ब्याक’ गर्ने भएका छन् ।
विगत लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएको जानकारी निर्देशक बोहराले संचारकर्मीहरुलाई दिएका हुन् ।
निर्देशक बोहराले शुक्रबार ‘चमेलीको पोई’ घोषणा गर्दै सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजना सुनाए । चलचित्र कमेडी जनराको हुने बताईएको छ ।
‘चमेलीको पोई’ मा अन्य कलाकार को को हुनेछन् भन्ने अहिलेलाई खुलाईएको छैन ।
एक समय ‘प्रेमचरो’ को उपनामले चर्चित हास्य कलाकार त्रिपाठी र निर्देशक बोहराको दोस्ती निकै पुरानो हो । आफूले पहिला त्रिपाठीलाई विभिन्न नाटक,टेलिफिल्म हुँदै फिचर फिल्म ‘अग्नि परीक्षा’ मा समेत अभिनय गराएको स्मरण गर्दै ‘चमेलीको पोई’ मार्फत उनको ‘कमब्याक’ गराउन पाउँदा खुसी लागेको निर्देशक बोहराले बताएका छन् ।
हास्य प्रदान सामाजिक विषयको फिल्ममा त्रिपाठी एक प्रमुख भूमिकामा रहने छन् ।
अमेरिकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो हास्य प्रस्तुतिलाई निरन्तरता दिइरहेका त्रिपाठी सामाजिक कार्यहरूमा पनि उत्तिकै सक्रिय छन् ।
त्रिपाठीले अभिनय गरेको थुप्रै टेलिफिल्म तथा फिल्म अहिले पनि दर्शकको मनमस्तिष्कमा ताजै छ । यसअघि ‘अग्नि परीक्षा’,‘कान्छा’,‘मुटु’,‘ठुली’,‘भैरे’,‘श्री’ र ‘हेलो जिन्दगी’ फिल्म निर्देशन गरिसकेका बोहरा ‘चमेलीको पोई’ ले नेपाली समाजको एउटा वास्तविक पाटोलाई उजागर गर्दै भरपुर मनोरञ्जन र समाजोपयोगी सन्देश समेत प्रवाह गर्ने दाबी गर्छन् ।
गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'