Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

यूवा समाजसेवी बिक्रम घिमिरे अमेरिकाको नर्थ क्यारोलिनाका लागि पर्यटन प्रबद्धक नियुक्त

यूवा समाजसेवी बिक्रम घिमिरे अमेरिकाको नर्थ क्यारोलिनाका लागि पर्यटन प्रबद्धक नियुक्त

नेप्लिज डायस्पोरा

१८, फाल्गुण २०८०
images
यूवा समाजसेवी बिक्रम घिमिरे अमेरिकाको नर्थ क्यारोलिनाका लागि पर्यटन प्रबद्धक नियुक्त

मेरिल्याण्ड, अमेरिका

 

नेपाल सरकारले यूवा समाजसेवी बिक्रम घिमिरेलाई  अमेरिकाको नर्थ क्यारोलिना राज्यको लागि पर्यटक प्रबर्द्धक नियुक्त गरेको छ । 

 

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घिमिरेलाई उक्त पदमा नियुक्त गरेको हो । सरकारले नियुक्त गरेका पर्यटन प्रबर्द्धकहरु पहिलाका पर्यटन दूत जस्तै सम्मानित पद हो । सरकारले गत बर्षदेखि पर्यटन दूत नियुक्त गर्न छोडेको छ । घिमिरेसंगै सरकारले विभिन्न देशका विभिन्न सहरहरुमा २९ जना पर्यटन प्रबर्द्धकहरु नियुक्त गरेको छ ।

 

घिमिरेले एनआरएनए अमेरिकाका विभिन्न पदमा रहेर सामाजिक काम गरिसकेका छन् । उनी यस अघि नै नर्थ क्यारोलिनाका लागि पर्यटन दूत भएर काम गरिसकेका यूवा व्यक्तित्व हुन् । 

 

नयां नियुक्त पर्यटन प्रवर्द्धकहरुको नामावली :

 

IMG_5631.jpeg

 

 

IMG_5630.jpeg

गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'

 

 

images
प्रकाशित मिति :फाल्गुण १८, २०८० शुक्रवार - ०४:५७:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend