मेरिल्याण्ड, अमेरिका ।
चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने र उनकी श्रीमती गीता गिरी लामिछानेले २५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर पुनर्विवाह गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित बाल्टिमोरको एक हिन्दु वुद्ध मन्दिरमा उनीहरुले पुनर्विवाह गरेका हुन् ।
परिवार विघटन र सम्बन्ध विच्छेदजस्ता घटना बढिरहेको बेला लामिछानेको पुनर्विवाहले सकारात्मक सन्देश प्रवाह गर्न खोजेको र सकारात्मक सन्देश दिएको फिल्मकर्मी सुमन दाहालले कार्यक्रममै बताए ।
छोरी मोनिका र छोरा मौलिकले बाबुआमाको पुनर्विवाह गराइदिएका हुन् । “यसले अभिभावक र सन्तानबीचको सम्बन्ध संस्कारमा आधारित हुनुपर्छ भन्ने दर्शाउँछ” दाहाल भन्छन्, ‘“अमेरिकी डायस्पोरालाई समेत यसले सकारात्मक सन्देश दिएको छ ।”
विवाहको सांझ राखिएको प्रिती भोजका बेला रत्यौलीको झल्को दिने कार्यक्रमका साथै केही रमाईला नाचहरु राखिएको थियो । यसको संयोजन गायिका कल्पना देवकोटाले गरेकी थिईन ।साथै लामिछाने दम्पतीका २५ बर्षको विवाह अनुभव र अनुभूतीलाई पनि सुनिएको थियो । जसको सहजिकरण पत्रकार सतीश चापागाईले गरेका थिए ।
लामिछाने दम्पतीको पुनर्विवाहमा मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारीसहित कलाकारको बाक्लो उपस्थिती थियो । कलाकार प्रेमराजा महत, राजबल्लभ कोइराला, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, भावु लम्साल, राहुल केसी लक्ष्मण पौडेल, प्रवेश उप्रेती, उद्धव भट्टराई, शंकर घिमिरे, बाबुराम ढकाल, दिनेश कार्की, निर्देशक सुमन दाहाल, फिल्ममेकर पूर्णसिंह बराइली लगायतले शुभकामना दिएका थिए ।
लामिछाने यसअघि चलचित्र निर्देशक समाजको सदस्य, सह-कोषाध्यक्ष हुँदै महासचिव समेत रहिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पर्वत समाजका सल्लाहकार, इनासका प्रवक्ता र पर्वत समाज अमेरिकाका सल्लाहकार हुन् ।
सन् २०१२ मा रिलिज भएको फिल्म ‘किन लाग्छ माया’बाट निर्देशन करिअर शुरु गरेका लामिछानेले ‘लम्फु’, ‘बोक्सी’जस्ता सफल चलचित्रको निर्देशक हुन् । साथै, उनी दुईदर्जन चलचित्रहरुमा लेखन र निर्देशन लगायतका थुप्रै जिम्मेवारी निर्वाह गरेका कलाकर्मी हुन् ।
गोपालचन्द्र लामिछानको छोटो परिचय''
करिब ३३ बर्ष अगाडीदेखी कला नै जीवन हो भनि निरन्तर लागी रहनु भएका कलाकार तथा निर्देशक गोपालचन्द्र लामिछानेको जन्म बुवा भगदत्त लामिछाने र आमा देउकुमारी लामिछानेका सात (७) सन्तान मध्ये ठूलो–कान्छो छोराको रुपमा पर्वतको कुश्मामा भएको हो ।
बाल्यकाल देखि नै कला, खेलकुद र सामाजिक सेवामा रुचि राख्ने लामिछानले १० /११ बर्षको उमेरमै आफ्नो नेतृत्वमा ब्वाइज क्लब खोली आफ्नो उमेर समुहकालाई एकिकृत गराइ बिभिन्न कार्यमा सकृय हुनु भएको देखिन्छ्।
पन्चायत कालको बिषम परिस्थितिमा पनि २०४६ साल बैशाखमा गोपालचन्द्र लामिछाने, झलक कार्की, बिकाश श्रेस्ठ, शिव श्रेष्ठ, दिपुबाबू गिरी, स्वदेश श्रेष्ठ, प्रेम गुरुङ्, रामु गिरी, आश बहादुर गुरुङ्, कृष्ण गिरी, हरि गिरी, अ्बिका प्रधान, हरिबाबू सापकोटा, अशोक गुरुङ्,हरि श्रेष्ठ, भिम श्रेष्ठ, बुद्धि गुरुङ, कुलबहादुर गुरुङ लगाएत सङगठन भैइ गोपालचन्द्र लामिछानेको नेतृत्वमा मिलन सास्कृतिक समुह गठन गरि केहि समयपछि 'पर्वत मिलन कल्ब' को नाममा दर्ता गरी नाटक, खेलकुदसंगै सामाजिक कार्य समेत लाग्नुभयो । लामिछाने सस्थापक अध्यक्ष रहनु भएको 'पर्वत मिलन कल्ब' धौलागिरी अञ्चलकै जेठो (माउ) क्लब पनि मानिन्छ । कलाकार झलक कार्कीको निर्देशनमा गाउ घरमा नाटकमा अभिनय गर्नु भएका लामिछानले पछि आफ्नै लेखन निर्देशनमा नाटक तयार गरी राष्ट्रियस्तरमा नाट्य विधाबाट यस क्षेत्रलाई केन्द्रमा पहिचान गराउनमा उहाँको निकै ठूलो योगदान रहेको छ ।
इन्द्र कुमार बिकल्पको नेतृत्वामा स्थापना भएको 'पर्वत साहित्य सङ्गम' को सस्थापक सदस्य
लामिछनेलाई साविक धौलागिरी अञ्चलमा नाटक, सामाजिक सेवा, कलाकारिता, चलचित्र क्षेत्रको आइडलको रुपमा लिइन्छ ।
नाटक हुँदै ‘घर ज्वाई’ भिडियो फिल्मबाट आफ्नो चलचित्र यात्रा शुरु गर्नु भएका लामिछाने साविक धौलागिरी अञ्चलकै पहिलो चलचित्र निर्देशक हुनुहुन्छ । उच्च शिक्षा अध्ययनको सन्दर्भमा चितवन जिल्लामा रहँदा पनि लामिछानेले त्यहाँ 'अस्मिता नाट्य समूह' गठन गरी स्थानिय नारायणी कला मन्दिरमा आधा दर्जन नाट्क मन्च गर्नुका साथै चितवन जिल्लाको प्रतिनिधित्व गरी राष्ट्रिय नाटक महोत्सवमा अस्मिता नाटय समुहको प्रस्तुति आफ्नो लेखन, निर्देशनमा नाट्क मन्चन गर्नु भयो।
लामिछाने कै पालामा पहिलो पटक चितवन जिल्ला स्तरीय नाटक प्रतियोगीता सम्पन्न भयो । चितवनमा पनि लामिछाने आफ्नो बिधाको राम्रो छाप छोड्न सफल रहे।
२०५२ सालमा उहाँको लेखन तथा निर्देशनमा पर्वत मिलन क्लबको प्रस्तुती रहेको 'सडकको जिन्दगी’ नाटकले पहिलो पटक राष्ट्रिय नाटक महोत्सवमा छनोट भैइ धौलागिरी अञ्चलकै प्रतिनिधित्व गरी प्रर्दशन भयो । उक्त नाटक प्रदर्शन पछि साविक धौलागिरी अञ्चलमा राष्ट्रिय स्तरका प्रतिभा, कलाकार छन भन्ने कुरा प्रमाणित गर्नु भई अञ्चलकै नाम राख्न सफल हुनुभयो। त्यस पछि हरेक बर्ष राष्ट्रिय नाटक महोत्सवमा उहाँकै लेखन निर्देशनमा अञ्चलकै प्रतिधित्व गर्दै नाटकहरु छनोट भैइ प्रदर्शन भएका छन । उहाँकै प्रेरणाले गर्दा अन्य कल्ब,नाटक समूह गठन भइ नाटक मन्चन गर्ने बिभिन्न महोत्सव प्रतियोगितामा भाग लिने प्रचलनको शुरुवात भयो।
त्यसै बेला सांस्कृतिक संस्थान काठमाण्डौंले पोखरामा आयोजना गरेको क्षेत्रीय नाटक महोत्सवमा 'पर्वत मिलन कल्ब' को प्रस्तुति लामिछानेको लेखन निर्देशन रहेको नाटक ‘पिताम्बरले ढाँकिएका लाश अझै ज्यूदैछन’ नाटकले दिग्जग लेखक निर्देशकलाई पछि पार्दे प्रथम स्थान हासिल गर्यो । यो सफलता पछि लामिछाने नाटक लेखन, निर्देशनमा राम्रा नाटक निर्देशकहरुमा आफूलाई राष्ट्रीय स्तरमा स्थापीत गराउन सफल हुनु भयो।
लामिछाने नाटकमा मात्र नभएर चललित्र क्षेत्रमा पनि आफ्नो नाम छुट्टै किसिमले दर्ज गर्न सफल हुनुहुन्छ । एसियन एकेडमी अफ फिल्म एण्ड टेलिजिभन नोएडाबाट प्रोडक्सन एण्ड डाइरेक्सनमा डिप्लोमा गर्नु भएका लामिछानेले विभिन्न चलचित्रमा सहायक निर्देशकको रुपमा काम गर्दै बिभिन्न institutionमा चलचित्र प्रशिक्षक भैइ पढाउने, सिकाउने कार्य गर्नु भयो।
लामिछानेले नाट्य सम्राट बालकृष्ण समको एकांकी नाटक ‘बोक्सी’लाई पपुलर मल्टिमिडियाको प्रस्तुति शक्तिबल्दब घोरासैनीको निर्माणमा नेपाली चलचित्रको रुपमा ‘बोक्सी’ फिल्म निर्देशन गरेपछि उहाँ नेपाली चलचित्र उद्योगमा राम्रो निर्देशकका रुपमा स्थापीत हुनुभयो । उक्त चलचित्रबाट राष्ट्रिय फिल्म प्रतियोगीतामा उत्कृष्ट निर्देशक, उत्कृष्ट फिल्मको अवाडबाट पुरस्कृत हुनुका साथै चलचित्रलाई नेपाल चलचित्र बिकाश बोर्डले बिभिन्न अन्तराष्ट्रीय चलचित्र महोत्सबमा सहभागी गराए पछि अझै चर्चामा आउनुभयो । उहाँले निर्देशन गर्नुभएका चलचित्रहरु ‘द मिरर’, ‘किन लाग्छ माया’ चललिचत्रले त उहाँलाई राम्रो निर्देशकहरुको सुचिमा दर्ता गरायो ।
लामिछानेले निर्देशन गर्नुभएका चलचित्र ‘ओ माइ म्यान 'लम्फू’ जस्ता चललिचत्रले उहाँलाई सधै चर्चामा राख्यो । काठमाण्डौंमा उहाँकै अध्यक्षतामा धौलागिरी कला प्रतिष्ठान स्थापना भयो धवलागिरी कला प्रतिष्ठानको प्रस्तुती रहेको टेलि फिल्म 'हिजो आज भोलि' निर्देशन गर्नुभयो । उहाका चलचित्रहरुमा चलचित्रको मुख्य कथा र पृष्ठभुमी साविक धौलागिरी क्षेत्रका जिल्लाहरु रहने गरि छायाँकन गराएर यो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुका साथै स्थानीय प्रतिभालाई मौका दिलाउने ठूलो भुमिका रहेको जगजाहेर छ।
लामिछाने चलचित्र निर्देशन गर्नुका साथै आफ्नो पेशागत संघ संगठनमा पनि दरिलो उपस्थिती जनाउन सफल हुनुहुन्छ । चलचित्र निर्देशकहरुको छाता सस्था
नेपाल चलचित्र निर्देशक समाजको साधारण सदस्य, कार्यकारी सदस्य, सह–कोषाध्यक्ष हुँदै महासचिव जस्तो गरिमामय पदको समेत नेतृत्व सम्हाली सक्नुभएको छ । निर्देशकहरुमा स्पष्ट बक्ता, हक्की , भलादमी , बौद्धिक निर्देशकका रुपमा चिनिनु हुने लामिछाने नेपाल सरकारको 'नेपाल चलचित्र विकास बोर्ड'मा चलचित्र तथा चलचित्र घर बर्गिकरण , बिषेश चलचित्र छनोट समिमीको सदस्य भैइ काम गरिसक्नु भएका लामिछाने साबिक धौलागिरी अन्चलका सवै कलाकारहरुको ‘आइडल’का रुपमा रहनु भएको छ ।
श्रीमति गिता कुमारी गिरी लामिछाने, छोरी मोनीका लामिछाने, छोरा मौलिक लामिछाने साथ सपरिवार हाल अ्मेरीका बसोबास गर्नुहुन्छ ।
अमेरिकामा पनि कलाकाहरुको संस्था इनास अमेरिका को प्रवक्ता , अन्तराष्ट्रीय पर्वत समाज ,पर्वत समाज अमेरिकाकाको सल्लाहकार रहि आफ्नो सक्रियता जनाइ रहनु भएको छ । अव केहि समय पछि आफ्नो नयाँ चलचित्रको निर्देशन गर्न लाग्नु भएका, बिभिन्न पुरस्कार , मानसम्मानबाट सम्मानित बहुमुखी प्रतिभाका धनि ब्यक्तित्व हुनुहुन्छ।





गीतकार सतीश चापागाईको सरकार चाहियो…