Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन रास्वपामा 'ह्विप'

प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन रास्वपामा 'ह्विप'

नेप्लिज डायस्पोरा

२९, फाल्गुण २०८०
images
प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन रास्वपामा 'ह्विप'

 

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन 'ह्विप' जारी गरेको छ।

मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सांसदहरूलाई ह्विप जारी गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

‘आज बसेको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। सबै सासंदहरूलाई संसदमा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन दिएको छ,’ महामन्त्रीसमेत रहेका ढकालले भने।

अघिल्लो सोमबार रास्वपा नयाँ गठबन्धन बनेसँगै सरकारमा सामेल भएको थियो। प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्।

प्रतिनिधि सभामा रास्वपाका २१ सांसद छन्।

सरकारमा उपप्रधानसहित चार मन्त्रालय रास्वपाले लिएको छ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०८० मंगलवार - १७:४७:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend