Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बागलुङको निसीखोला बस दुर्घटना : सात जनाको मृत्यु, २० घाइते, मृतकको संख्या बढ्न सक्ने

बागलुङको निसीखोला बस दुर्घटना : सात जनाको मृत्यु, २० घाइते, मृतकको संख्या बढ्न सक्ने

नेप्लिज डायस्पोरा

५, चैत्र २०८०
images
बागलुङको निसीखोला बस दुर्घटना  : सात जनाको मृत्यु, २० घाइते, मृतकको संख्या बढ्न सक्ने

बागलुङ। बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । 

 

रुकुम  रुकुमपश्चिमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

 

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

images
प्रकाशित मिति :चैत्र ५, २०८० सोमवार - २०:३९:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend