Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गायक निशान भट्टराई र ऋचा न्यौपानेको डिभोर्स

गायक निशान भट्टराई र ऋचा न्यौपानेको डिभोर्स

नेप्लिज डायस्पोरा

२६, चैत्र २०८०
images
गायक निशान भट्टराई र ऋचा न्यौपानेको डिभोर्स

 

काठमाडौं, २६ चैत ।

 

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले डिभोर्स गरेका छन् ।

 

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

 

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

 

निशान र ऋचाले २०७७ सालमा कानूनी विवाह गर्नुभएको थियो । निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् ।

images
प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - १५:२८:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend