नेपालका चर्चित संगीतकार तथा सशस्त्र प्रहरीका डिएसपी गैरे सुरेशलाई पितृशोक परेको छ ।
गैरे सुरेशका पिता रविलाल गैरेको ७३ बर्षको उमेरमा निधन भएको छ । फोक्सो र घांटीमा समस्या भएका गैरे केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । काठमाडौंको एक अस्पतालमा निधन भएका गैरेको पशुपती आर्यघाटमा नेपाली परम्परा अनुसार अन्त्यष्ठी गरिएको पारिवारिक श्रोतले जनाएको छ ।
रविलाल गैरे पाल्पा जिल्लाको तानसेन नगरपालिकाकाको तेल्घा निवासी हुनुहुन्थ्यो ।
स्वर्गीय गैरेका श्रीमती दुई छोरा र एक छोरी छन् । अमेरिकामा रहेका कान्छा छोरा लक्ष्मण गैरे पनि केहि दिन मै घर पुग्ने नेप्लिज डायस्पोरालाई बताए ।
नेप्लिज डायस्पोरा शुभचिन्तक संगीतकार गैरे सुरेश र लक्ष्मण गैरेका पिताको निधनप्रति हामी हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।