एनआरएनए अमेरिकाका पूर्व संरक्षक तथा एनआरएनए अभियन्ता डाक्टर रुद्र अर्याललाई मातृशोक परेको छ । अर्यालकी माता बिनु अर्यालको ८५ बर्षको उमेरमा आईतबार राती काठमाडौंमा निधन भएको हो ।
पारिवारीक श्रोतले दिएको जानकारी अनुसार बिनु अर्याललाई केहि दिनदेखि काठमाडौंको सिभिल अस्पतालमा राखेर उपचार गरिएको थियो । अस्पताल मै उहांको निधन भएको हो ।
स्वर्गीय अर्यालको आज नेपालको सोमबार बिहान ७ बजे पशुपती आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने कार्यक्रम रहेको छ । आमाको दाह संस्कारका समयमा अमेरिकामा रहनु भएका जेठा छोरा डाक्टर रुद्र अर्याल भने उपस्थित हुन नसक्ने बताईएको छ ।
पाल्पाको रामपुर नगरपालिका आंपचौरकी स्थायी बासिन्दा स्वर्गीय बिनु अर्यालका तीन छोरी र दुई छोरा छन् । उहांका श्रीमानको केही बर्ष पहिले निधन भईसकेको छ ।
नेप्लिज डायस्पोराका सल्लाहकार तथा शुभचिन्तक समेत रहनु भएका डाक्टर रुद्र अर्यालकी ममतामयी माताको निधनबाट हामी स्तब्ध भएका छौं । स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।