Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गगन थापा आज अमेरिका आउंदै

गगन थापा आज अमेरिका आउंदै

नेप्लिज डायस्पोरा

९, बैशाख २०८१
images
गगन थापा आज अमेरिका आउंदै

क्यालिफोर्निया । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अमेरिका भ्रमणमा आउने भएका छन् । थापा पारिवारिक र व्यक्तिगत भ्रमणमा अमेरिका आउन लागेको बताईएको छ। 

 

सनिबार इलामको चुनावी सभालाई सम्बोधन गरेर नेता थापा सिधै अमेरिका उडेका हुन् । 

 

महामन्त्री थापाकी श्रीमती र छोरीहरु चाँहि एक साता पहिले नै सान् फ्रान्सिस्को आइसकेका छन् ।

 

अमेरिकाको सन् फ्रान्सिस्को सहरमा आईतवार अपरान्ह ४ बजे अवतरण गरेर नेता थापा साँझ ५ बजे नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको औपचारिक कार्यक्रममा सहभागी हुने स्थानीय आयोजकले जनाएको छ।

 

थापा केही दिन अमेरिकामा रहने छन् तर पार्टी सम्बन्धित कार्यक्रमहरुमा धेरै सहभागी नहुने उनको योजना रहेको बुझिएको छ ।

images
प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - २०:२१:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend