Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अमेरिकामा १९७४ एडी ब्याण्डले सांगीतिक प्रस्तुति गर्दै

अमेरिकामा १९७४ एडी ब्याण्डले सांगीतिक प्रस्तुति गर्दै

नेप्लिज डायस्पोरा

२६, बैशाख २०८१
images
अमेरिकामा १९७४ एडी ब्याण्डले सांगीतिक प्रस्तुति गर्दै

यो मन त मेरो नेपाली हो यो गीत तपाइले सुन्नु नै भएको होला । बषौँ अगाडी १९७४ एडी ब्याण्डले गाएको उक्त गीत हरेक नेपालीको मन मतिष्कमा गुन्जिरहने गीत हो । २२ बर्ष पछि फेरि अमेरिकामा यो गीत घन्किने भएको छ । १९७४ एडी ब्याण्डले अमेरिका विभिन्न शहरमा सांगीतिक प्रस्तुति दिने भएको छ । आहा प्रोडक्सनले आयोजना गर्ने उक्त कार्यक्रममा १९७४ एडीका सम्पूर्ण पुराना कलाकारहरुले २२ बर्ष पछि एकैसाथ सांगीतिक प्रस्तुति दिन लागेका हुन् ।

IMG_6812.jpeg

अमेरिकाको सांगीतिक यात्रामा १९७४ एडीका सबै सङ्गीत मण्डलका ६ जना चर्चित कलाकारहरुको बेजोड प्रस्तुति हुने आहा प्रोडक्सन अध्यक्ष अनिल सायमीले बताएका छन् । उनले दुई दशक भन्दा बढी समय पछि १९७४ एडी ब्याण्डका सम्पूर्ण टोली सदस्यहरु एक जुट भै अमेरिकाका बिभिन्न राज्यहरुमा प्रस्तुति दिन लागेको बताएका छन् ।

१९७४ एडीले मे ११ मा मिनिसोटा बाट आफ्नो सांगीतिकयात्राको थालनी गर्नेछ । चर्चित कलाकारहरु फिरोज स्याङ्गडेन ,एड्रियन प्रधान , संजय श्रेष्ठ ,मनोज केसी ,मनोस सिंह तथा निराकार याक्तुम्बाले आफ्ना सर्वकालिन गीतहरु घन्काउने आहा प्रोडक्सनका सस्थापक उज्वल सिंहले जानकारी गराएका छन् । १९७४ एडी ब्याण्डको कार्यक्रम अविस्मरणिय हुने आशा लिएको पनि उनले बताएका छन् ।

१९७४ एडी ब्याण्डको अमेरिकामा हुने सांगीतिक कार्यक्रमको मिडिया पार्टनरमा युयस खबर रहने छ । अमेरिकाका विभिन्न शहर मिनिसोटा, सान फ्रान्सिस्को, सिकागो, डालस, भर्जिनिया, सियाटलमा १९७४ एडी ब्याण्डले आफ्नो दमदार प्रस्तुती दिने छन् ।

IMG_6811.jpeg
१९७४ एडीका कालजयी गीतहरु मन पराउने नेपालीहरु यत्र तत्र सर्वत्र भेटिन्छन । अमेरिकामा पनि १९७४ एडीका गीत मन पराउने नेपालीहरुको ठुलो जमात रहेको छ । आहा प्रोडक्सनले आयोजना गरेको सांगीतिक कार्यक्रम मे ११ मिनिसोटा बाट सुरु हुने छ । यस्तै सान फ्रान्सिस्कोमा मे १८, सिकागोमा मे १९, डालसमा मे २५, भर्जिनियामा जुन १ र सियाटलमा जुन ५ मा कार्यक्रम हुने तालिका रहेको छ ।

नेपाली रक ब्याण्ड १९७४ एडीले स्थापनाको ३० औं वर्षगाँठ मनाउन अमेरिकामा सांगीतिक प्रस्तुति दिने भएको हो । दुई दशकपछि मूल लाइनअपलाई लिएर यो ब्यान्डले अमेरिका प्रस्तुती दिन लागेको हो ।

मुलुककै सर्वाधिक लोकप्रिय सांगीतिक समुह हो १९७४ एडी । यो सांगीतिक समूहसँग दुई भोकलिस्ट फिरोज स्याङ्देन र एड्रियन प्रधान छन् । दुबैको आवाज उत्तिकै गहकिलो छ ।नेपाली रक ब्याण्ड १९७४ एडीका ‘परेलीमा लुकाइ राख न ।’ ‘चौबन्दी चोली र फूलबुट्टे साडीमा’, ‘गुराँसै फूल्यो बनैमा ’ सम्झी बस्छु, शताब्दी, जंगी निशान, पिंजडाको सुँगा, अन एयर, हजार सपना लगायत लोकप्रिय एल्बमहरु निकै लोकिप्रिय छन् ।

images
प्रकाशित मिति :बैशाख २६, २०८१ बुधवार - २३:३१:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend