Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पाल्पामा ब्लड बैंक स्थापनार्थ अमेरिकाबाट सतीश चापागाईले एक लाख रुपैया सहयोग गरे

पाल्पामा ब्लड बैंक स्थापनार्थ अमेरिकाबाट सतीश चापागाईले एक लाख रुपैया सहयोग गरे

नेप्लिज डायस्पोरा

२७, बैशाख २०८१
images
पाल्पामा ब्लड बैंक स्थापनार्थ अमेरिकाबाट सतीश चापागाईले एक लाख रुपैया सहयोग गरे

नेपाल रेडक्रस सोसाइटी पाल्पाको रक्तसंचार सेवा केन्द्र स्थापनार्थ रामपुर नगरपालिका  वार्ड नं. १०  स्थायी घर भै हाल अमेरिकामा रहनुभएका सतीश चापागाईले १ लाख रुपैया सहयोग गर्नुभएको छ। 

 

नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले पाल्पामा ब्लड बैंक स्थापनाको लागि बिशेष अभियान संचालन गरिरहेको छ । यहि अभियानमा देश विदेशमा रहेका पाल्पाली र अन्य जिल्लाका नेपालीहरु यस महान कार्यमा जुटिरहनु भएको छ ।

 

रु १ लाख आर्थिक सहयोग गरेका चापागाई नेपाल रेडक्रस सोसाईटी पाल्पाको यशस्कर सदस्य हुनुहुनेछ र ब्लड बैंकको संस्थापक सदस्य  पनि हुनुहुनेछ ।  सतीश चापागाईसंगै धेरै जनाले यो अभियानमा हातेमालो गर्नुभएको छ र यो अभियानमा जोडिने क्रम जारी छ ।

 

रेडक्रस पाल्पाले यो अभियानमा जोडिएर आर्थिक सहयोग गर्नेहरुलाई आजीवन, विशिष्ट र यशस्कर सदस्यता प्रदान गर्ने पनि निर्णय गरिसकेको छ ।

 

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरलाई कर्मथलो बनाउदै आउनुभएका चापागाईले पाल्पामा १२ बर्षसम्म पत्रकारिता गर्नुभएको थियो । चापागाई अहिले पनि नेप्लिज डायस्पोरा डटकम नामक अनलाईन मार्फत पत्रकारितामा निरन्तर सक्रिय हुनुहुन्छ । 

 

साहित्यमा समेत रुची राख्ने चापागाईका केही गीत र कविताहरु सुन्न र पढ्न पाईन्छन।

 

सामाजिक व्यक्तित्वका रुपमा चीरपरिचित चापागाई पाल्पाली संगमका अन्तराष्ट्रिय संयोजक हुनुहुन्छ ।  चापागाईको सक्रियतामा ६ देशमा पाल्पाली संगम स्थापना भएको छ । अरु देशमा पाल्पालीहरु एकताबद्ध हुने क्रम जारी छ । कोरोना महामारीका बेला अमेरिका लगायतका देशबाट पाल्पामा स्वास्थ्य सामाग्री र आर्थिक सहयोग गर्न र चेतनामूलक कार्यक्रम संचालन गर्नमा चापागाईले उल्लेख्य भूमीका निर्वाह गर्नु भएको थियो ।

 

अमेरिकामा बाल्टिमोर काउण्टिको डिष्ट्रिक ‘७ए’ बाट डेमोक्र्याटिक पाटीको केन्द्रिय सदस्य समेत रहनु भएका चापागाई अमेरिकामा पुगेर पनि पाल्पाली र नेपालीको शीर उचो बनाउन सक्रिय रहने व्यक्तित्व हुनुहुन्छ ।

उहां  एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर पनि हुनुहुन्छ । 

IMG_6780.jpeg

 

"जन्मभूमी प्रतीको ममता बोकेका  सामाजिक व्यक्तित्व, सकारात्मक सोचका धनी तथा मानवीय सेवाभावमा सधै समर्पित पाल्पाली मन आदरणीय श्री सतीश चापागाईलाई रु १,००,०००। (एक लाख) आर्थिक सहयोग गर्नु भै रेडक्रसको यशस्कर सदस्य समेत बन्नु भएकोमा वहाँप्रति नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवार हार्दिक आभार व्यक्त गर्दछौं ।"

नेपाल रेडक्रस सोसाईटि पाल्पा शाखाले भनेको छ ।

images
प्रकाशित मिति :बैशाख २७, २०८१ बिहिवार - ००:०९:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend