Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

तेन्जिङ नोर्गे शेर्पाबारेको फिल्मको विश्वव्यापी राइट एप्पलले लियो

तेन्जिङ नोर्गे शेर्पाबारेको फिल्मको विश्वव्यापी राइट एप्पलले लियो

images
तेन्जिङ नोर्गे शेर्पाबारेको फिल्मको विश्वव्यापी राइट एप्पलले लियो

 

काठमाडौं । सगरमाथा आरोहणबारे कथानक फिल्म ‘तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले किनेको छ । कान्स फिल्म मार्केटमा एप्पलले यो फिल्मको खरिद सम्झौता गरेको द हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ ।

 

विलियम डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिं ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ ।

 

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । उक्त आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।

 

मुख्य पात्र तेन्जिङको भूमिकाका लागि अहिले विश्वव्यापी अडिसन चलिरहेको छ । नेपालमा समेत विभिन्न पात्रको लागि अडिसन भइरहेको छ ।

 

‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गर्नेछिन् । निर्देशक पिडमको सम्बन्ध तेन्जिङको परिवार र शेर्पा समुदायसँग राम्रो रहेको बताइएको छ ।

 

यो फिल्मको पटकथा विश्वचर्चित हलिउड फिल्म ‘लायन’का लेखक ल्युक डेभिसले लेखेका हुन् । निर्माता कम्पनी सी–स र एप्पलले यसअघि पाँचौं सिजनसम्म चलेको सिरिज ‘स्लो हर्सेज’मा सहकार्य गरेका थिए ।

 

तेन्जिङका छोरा नोर्बु यो फिल्मका कार्यकारी निर्माताको रुपमा हुनेछन् । निर्माताको तर्फबाट कान्समा यूटीए इन्डिपेन्डेन्ट फिल्म ग्रुप र क्रस सिटी फिल्म्सले डिल गरेका हुन् । फिल्मको छायांकन सन् २०२५ को वसन्तयामदेखि सुरु हुने जनाइएको छ ।

अनलाईन खबरबाट

images
प्रकाशित मिति :जेठ ३, २०८१ बिहिवार - ०६:१२:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend