Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

साउथ कोरियामा रहेका पाल्पालीहरुबाट पाल्पामा रक्तसंचार केन्द्र स्थापनार्थ सहयोग प्रदान

साउथ कोरियामा रहेका पाल्पालीहरुबाट पाल्पामा रक्तसंचार केन्द्र स्थापनार्थ सहयोग प्रदान

images
साउथ कोरियामा रहेका पाल्पालीहरुबाट पाल्पामा रक्तसंचार केन्द्र स्थापनार्थ सहयोग प्रदान

सुशिल गाहा मगर 

जेष्ठ ६ गते आईतबार तानसेन पाल्पा 

 नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र स्थापनार्थ हाम्रो ब्लड बैंक हामी बनाउछौं भन्ने महाअभियानलाई सफल बनाउनका लागि हातेमालो गर्ने र रगतको अभाव नहोस रगत भनेको बेला उपलब्ध होस भन्ने उद्देश्य को साथ कोरियामा रहेको संस्था नमस्ते पाल्पा परिवार दक्षिण कोरियाले पाल्पा जिल्ला लगाएत नेपालका विभिन्न क्षेत्रमा जन्म भै आफ्नो जन्मभुमीको माटो र जन्मभूमीका मानिस प्रतिको प्रेमभाव दर्शाउदै  विभिन्न मानवीय मनका धनी व्यक्तिहरु र अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरीया संग आर्थिक संकलन गरी आज मिति २०८१ जेष्ठ ६ गते आईतबार का दिन नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखालाई नमस्ते पाल्पाको प्रतिनिधिहरुले रु १,८२,४९०। (एक लाख बयासी हजार चार सय नव्वे )  आर्थिक सहयोग गर्रेको छ।

IMG_6985.jpeg

 रेडक्रसले स्थापना गर्न गैरहेको रक्त संचार सेवा केन्द्र संचालन र दिगोपनामा जोड दिदै नेपाल रेडक्रस सोसाइटी पाल्पाका नि. सभापति बुद्धि प्रसाद शर्मा बर्तमान सभापति बाबुराम कार्की उपसभापति भिमसेन कार्की मन्त्री केशवराज नेपाल कोषाध्यक्ष सन्तोष खनाल उप कोषाध्यक्ष सन्तोष कुमार शर्मा का का स झपेन्द्र ढकाल कार्यालय प्रमुख बिनोद भारती र नमस्ते पाल्पा परिवार दक्षिण कोरियाको तर्फबाट निबर्तमान अध्यक्ष सुशिल गाहा मगर गंगाराम भण्डारी सदस्यहरु आनन्द सारु चुरन राना सृजन सारु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा परिवारको तर्फबाट सभापति बाबुराम कार्कीले कार्यक्रममा बोल्दै अभियान सफल बनाउन हातेमालो गर्नु भएकोमा बिदेशमा रहेर पनि नेपाली माटो र नेपाली जनता प्रति यसरी माया गर्नु भएकोमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

नमस्ते पाल्पा परिवार दक्षिण कोरियाको तर्फबाट बोल्दै सुशिल गाहाले यसरी स्थापना गर्न लागेको रक्तसंचार केन्द्रले रगत अभाव भई कसैको अकालमा ज्यान जानेछैन भनेर आशा ब्यक्त गर्नुभयो र यस संस्थाले देखाएको माया र सो अभियानमा छुटिनु हुने सबैलाई सकेसम्म जोडिनुहुन अनुरोध गर्नुभयो ।कार्यक्रम रेडक्रस भवनमा अनौपचारिक रुपमा संचालन भएको थियो ।

IMG_6984.jpeg

images
प्रकाशित मिति :जेठ ७, २०८१ सोमवार - २२:३३:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend