Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नेपालस्थित अमेरिकी दूतावास पनि प्रेस स्वतन्त्रताका पक्षमा बोल्यो

नेपालस्थित अमेरिकी दूतावास पनि प्रेस स्वतन्त्रताका पक्षमा बोल्यो

images
नेपालस्थित अमेरिकी दूतावास पनि प्रेस स्वतन्त्रताका पक्षमा बोल्यो

नेपालस्थित अमेरिकी दूतावासले परिपूर्ण मुलुक बन्न प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् भन्दै आफ्नो धारणा सार्बजनिक गरेको छ । दूतावासले आफ्नो फेसबुक पेजमा यो कुरा सार्बजनिक गरेको छ ।

नेपालको प्रतिष्ठित संचार गृह कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उनकै कार्य कक्षबाट पक्राउ गरिए कै दिन अमेरिकी दूतावासको यो धारणा सार्बजनिक भएको छ । 

सिरोहियालाई कान्तिपुर पब्लिकेशनको कार्यालयबाट कार्यालय समयमा प्रहरीहरु लगाएर पक्राउ गरिएको थियो । 

कुनैपनि संचार संस्थाभित्र प्रहरीको प्रवेश संसार मै राम्रो मानिदेन । 

अमेरिकी दूतावासको पेजमा लेखिएको छ:


“अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ । 

 

Freedom of press, accountability, and transparency are guiding principles for the United States as we continue to work towards “a more perfect union.” We expect that as Nepal continues to shape its hard-won democracy, the Government and people of Nepal will also have a meaningful dialogue about how to ensure good governance, freedom of the press, and people’s fundamental rights.

images
प्रकाशित मिति :जेठ ९, २०८१ बुधवार - १६:५६:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend