Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सिरोहियालाई हेलिकप्टरबाट ल्याएर काठमाडौंको मेडासिटीमा भर्ना गरियो

सिरोहियालाई हेलिकप्टरबाट ल्याएर काठमाडौंको मेडासिटीमा भर्ना गरियो

नेप्लिज डायस्पोरा

१६, जेठ २०८१
images
सिरोहियालाई हेलिकप्टरबाट ल्याएर काठमाडौंको मेडासिटीमा भर्ना गरियो

 

जनकपुरधाम- छातीमा असजहता र अत्याधिक टाउको दुखेपछि ‘एयर लिफ्ट’ गरेर काठमाडौँ ल्याइएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

 

मेडिसिटी अस्पतालका चिकित्सकहरुले दिएको जानकारीअनुसार सिरोहियालाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ।

 

स्वास्थ्य बिग्रेपछि उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट स्थानीय काब्या अस्पताल लगिएको थियो। अस्पतालले उनलाई काठमाडौँ रिफर गरेको हो।

 

स्वास्थ्यमा प्रतिकूल असर देखिएपछि भर्खरै उनलाई काठमाडौँको मेडिसिटी होस्पिटलमा पठाइएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

 

गत मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ परेका सिरोहियालाई प्रहरीले बुधबार बिहान जनकपुरधाम लगेको थियो ।

 

सोहीदिन उनलाई जिल्ला अदालत धनुषामा पेश गरिएकोमा पटक पटक गरी उनको तीनपटक म्याद थप गरिएको हो ।

सोमबार तेस्रो पटक म्याद थपका लागि अदालतमा पेश गर्दा उनलाई अस्पतालकै एम्बुलेन्सबाट अदालतमा उपस्थित गराइएको थियो।

images
प्रकाशित मिति :जेठ १६, २०८१ बुधवार - ००:२१:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend