Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

राष्ट्रपति रामचन्द्र पौडेललाई स्विटजरल्याण्डमा स्वागत

राष्ट्रपति रामचन्द्र पौडेललाई स्विटजरल्याण्डमा स्वागत

नेप्लिज डायस्पोरा

२, आषाढ २०८१
images
राष्ट्रपति रामचन्द्र पौडेललाई  स्विटजरल्याण्डमा स्वागत

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार यहाँ उहाँको  सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपालका लागि स्विटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहास्थित नेपालीहरूले स्वागत गर्नुभएको थियो ।

सो अवसरमा राजदूत सुवेदीले स्विस नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियो ।

साथै स्विटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ।समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसंग स्वीट्जरल्याण्जका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।

3C1F6076-CBA6-49BD-A001-FBEEB5E86CBE.jpeg

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाटन सत्रलाई बिहिवार मूख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो ।

 उहाँ मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भोलि त्यस तर्फ जानुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २, २०८१ शनिवार - ०१:३६:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend