Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

अमेरिकाको विभिन्न राज्यहरुको ३० वटा चलचित्र मन्दिरमा गाउँ आएको बाटो प्रदर्शन हुदै

अमेरिकाको विभिन्न राज्यहरुको ३० वटा चलचित्र मन्दिरमा गाउँ आएको बाटो प्रदर्शन हुदै

नेप्लिज डायस्पोरा

१०, आषाढ २०८१
images
अमेरिकाको विभिन्न राज्यहरुको ३० वटा चलचित्र मन्दिरमा गाउँ आएको बाटो प्रदर्शन हुदै

 

अमेरिकाको विभिन्न राज्यहरुको ३० वटा चलचित्र मन्दिरमा गाउँ आएको बाटो प्रदर्शन हुने भएको छ ।

गाउँ आएको बाटो’ गाउँको कथा बोलेको चलचित्र हो । नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईको मुख्य अभिनय छ बाबुछोरोको कथामा निर्माण भएको चलचित्र मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानर(ध्वजा)मा निर्माण गरिएको हो । 

अमोद राई र निर्देशक सुब्बा निर्माता रहेको फिल्मको पटकथा निर्देशनमा सुब्बाले महेश राईसँग सहकार्यमा तयार गरेका हुन् ।

 

चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शनको अधिकार राइट्स सेभेन सिजले खरिद गरेको छ भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुन् ।

 

निर्देशक नवीन सुब्बा तथा अभिनेता दयाहाङ राई गत बुधबार अमेरिका आएका छन् । उनीहरु नेपाल अमेरिका चलचित्र महोत्सवको लागि आएका हुन्। अमेरिकाको लागि यो चलचित्र नेपाल ११ इन्टरटेन्टमेन्टले ल्याएको हो भने मल्को एपको प्रस्तुति रहेको छ ।

 

 

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन अमेरिका उडे नवीन सुब्बा र दयाहाङ राई

 

महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन्। मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा जुन २० (बिहीबार) मा ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिने भएको छ । चलचित्रमा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ । 

राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गर्छ । महोत्सवमा समापन चलचित्रको रूपमा ‘द रेड सुटकेस’ प्रदर्शन हुनेछ । यो  चलचित्रलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण  गरेका हुन्। महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।

महोत्सवमा राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन्। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने भएको छ। महोत्सव उद्घाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ । चार दिनसम्म चल्ने महोत्सवका चलचित्र भने एएफआई सिल्भर थिएटर र ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ । 

महोत्सवको दौरानमा फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुने जनाइएको छ । मेरिल्यान्ड राज्यको ‘पार्क्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुन लागेको हो । सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।

images
प्रकाशित मिति :आषाढ १०, २०८१ आइतवार - ०३:२७:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend