Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

राष्ट्रपति दम्पत्तिले गरे रोपाईं कार्यक्रम आयोजना

राष्ट्रपति दम्पत्तिले गरे रोपाईं कार्यक्रम आयोजना

नेप्लिज डायस्पोरा

१७, आषाढ २०८१
images
राष्ट्रपति दम्पत्तिले गरे रोपाईं कार्यक्रम आयोजना

काठमाडौँ । असार १५  अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरियो । राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेलसहित सहभागी हुनुभयो ।

IMG_8290.jpeg

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभयो । 

“पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो ।

IMG_8292.jpeg

पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ”, उहाँले भन्नुभयो ।

रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

IMG_8293.jpeg

images
प्रकाशित मिति :आषाढ १७, २०८१ आइतवार - ००:२७:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend