Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रास्वपा उपाध्यक्ष अर्यालमाथि आर्थिक अनियमितताको आरोप

रास्वपा उपाध्यक्ष अर्यालमाथि आर्थिक अनियमितताको आरोप

नेप्लिज डायस्पोरा

२९, आषाढ २०८१
images
रास्वपा उपाध्यक्ष अर्यालमाथि आर्थिक अनियमितताको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलगायतका सबै जिम्मेवारीबाट निष्काशनमा परेका मुकुल ढकालले पार्टीका उपाध्यक्ष डिपी अर्यालमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन्।

 

आज पत्रकार सम्मेलन गर्दै ढकालले यस्तो आरोप लगाएका हुन्। रास्वपाभित्र आर्थिक पारदर्शिता नरहेको उनले आरोप लगाए।

 

‘डीपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिई सीधै आफ्नो खल्तीमा राख्नुभएको छ।

 

दुई साताअघि पनि त्यस्तो भएको छ,’ ढकालको आरोप छ, ‘कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधानबारे मैले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गरिरहनुभयो।’

 

images
प्रकाशित मिति :आषाढ २९, २०८१ शुक्रवार - ००:२७:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend