Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

नेप्लिज डायस्पोरा

२९, आषाढ २०८१
images
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

 

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

 

बिहीबार कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राख्ने प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका छन् ।

 

प्रमुख सचेतक लेखकले भोलि (शुक्रबार) को संसद बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेस सांसदहरूलाई ह्वीप जारी गरेका छन् । कांग्रेस–एमालेबीच नयाँ सत्ता सहकार्यका लागि सहमति भएको थियो । त्यसपछि एमालेले मन्त्रीहरूलाई राजीनामा गराएर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

 

त्यसपछि जनता समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । एमाले र जसपा सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर संसदमा विश्वासको मत माग्न लागेका हुन् ।

images
प्रकाशित मिति :आषाढ २९, २०८१ शुक्रवार - ००:२९:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend