Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

राष्ट्रपति रामचन्द्र पौडेलले कानूनविद्हरूसँग परामर्श शुरु गरे

राष्ट्रपति रामचन्द्र पौडेलले कानूनविद्हरूसँग परामर्श शुरु गरे

नेप्लिज डायस्पोरा

२९, आषाढ २०८१
images
राष्ट्रपति रामचन्द्र पौडेलले कानूनविद्हरूसँग परामर्श शुरु गरे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानूनविद्हरूसँग परामर्श गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएकाले नयाँ सरकार गठनको संवैधानिक व्यावस्थाका विषयमा राष्ट्रपति पौडेलले संविधान तथा कानूनविद्हरूसँग परामर्श गरेका हुन् ।

सो छलफलमा  कानूनविद्हरू पूर्णमान शाक्य, विपिन अधिकारी, गोपालकृष्ण घिमिरे, हरिहर दाहाल, शेरबहादुर केसी, टिकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, सिताराम केसीको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

 

images
प्रकाशित मिति :आषाढ २९, २०८१ शुक्रवार - १९:५१:४८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend