Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

राष्ट्रपतिद्वारा प्रचण्डलाई कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी

राष्ट्रपतिद्वारा प्रचण्डलाई कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी

नेप्लिज डायस्पोरा

२९, आषाढ २०८१
images
राष्ट्रपतिद्वारा प्रचण्डलाई कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ । अर्को मन्त्रिपरिषद् गठन नभएसम्म अहिलेको सरकारले काम गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले काम गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।

 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएको सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

 

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही सरकारले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकिएको उल्लेख गरेकी छिन् ।  

images
प्रकाशित मिति :आषाढ २९, २०८१ शुक्रवार - १९:५८:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend