Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गीतकार सहदेव पौडेलको ‘हात समाएर’ बोलको गीत सार्बजनिक (भिडियोसहित)

गीतकार सहदेव पौडेलको ‘हात समाएर’ बोलको गीत सार्बजनिक (भिडियोसहित)

नेप्लिज डायस्पोरा

३२, आषाढ २०८१
images
गीतकार सहदेव पौडेलको ‘हात समाएर’ बोलको गीत सार्बजनिक (भिडियोसहित)

गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘हात समाएर’ को अडियो र भिडियो सार्वजनिक भएको छ।

 

गीतकार सहदेव पौडेलको रचना रहेको गीत ‘हात समाएर’ ले आफ्ना मायालुसँग सधैं भरि हात समाएर जीवन बिताउन पाउँ भन्ने मनकामनाको भाव बोकेको छ।प्रेमिल भावले ओतप्रोत भएको गीतलाई संगीतकार हरि लामिछानेले संगीत दिएका छन्।

 

गीतको संगीत भिडियो सुब्रत आचार्यले निर्देशन गरेका छन्। संगीत भिडियोमा नायक आर्यन सिग्देल र नायिका सानिसा भट्टराईको अभिनय छ।

 

भिडियोमा धुलिखेल वरपरको दृश्य छ। भिडियोले एक मायालु जोडीको कथा बुनेछ जो, जिन्दगीको हरपलसँगै हात समाएर हिँड्न चाहन्छन्। भिडियो हरि लामिछाने युट्युव च्यानलमा हेर्न सकिन्छ।

images
प्रकाशित मिति :आषाढ ३२, २०८१ सोमवार - २२:४४:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend