Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जनतामा ६ महिनाभित्रै विश्वास जगाउन मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

जनतामा ६ महिनाभित्रै विश्वास जगाउन मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

नेप्लिज डायस्पोरा

१, श्रावण २०८१
images
जनतामा ६ महिनाभित्रै विश्वास जगाउन मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी ओलीले ६ महिनाभित्रै सरकारप्रति जनतामा विश्वास जागृत गर्ने गरी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।

 

मन्त्रिपरिषद्को पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले काम गरिरहेको छ भन्ने ढुक्कका साथ जनतामा विश्वास जागृत हुने गरी काम गर्न तीनवटा निर्देशन दिएको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिए। 

प्रधानमन्त्री ओलीले उत्पादन र निर्माणसँग जोडिएका मन्त्रालयहरूलाई आवश्यक समन्वयका साथ काम गर्न निर्देशन दिँदै अहिलेको सरकारलाई असफल हुने छुट नरहेको कुरालाई आत्मसात गर्न ध्यानाकर्षणसमेत गराएका थिए।  

‘एक महिनाभित्र सबै मन्त्रीहरूले पहिलेका मन्त्रीहरूले भन्दा काममा फरकपन देखाउनुपर्छ। ६ महिनाभित्र यो सरकारले अब काम गर्ने भो भनेर जनतालाई ढुक्कका साथ विश्वास दिलाउने गरी काम गर्नूस्। एक वर्षमा सूचकांकमै देखिने गरी परिणाममुखी काम देखाउन सकिने गरी काम गर्नूस्,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै प्रवक्ता गुरुङले भने, ‘त्यसका लागि समन्वय गरेर काम गर्नूस्, असफल हुने, दायाँबायाँ हुने छुट छैन।’

राष्ट्रिय स्वाधीनता, सार्वभौम अखण्डता र राष्ट्रिय स्वाभिमान बलियो बनाउनका लागि उत्पादन र निर्माणसँग जोडिएका मन्त्रालयहरूले आवश्यक समन्वयका साथ परिणाम देखिने गरी काम गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ०१:१८:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend