Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रदेशमा पनि मन्त्रीमण्डलको आकार तोक्न शिवाकोटीको माग

प्रदेशमा पनि मन्त्रीमण्डलको आकार तोक्न शिवाकोटीको माग

नेप्लिज डायस्पोरा

२५, श्रावण २०८१
images
प्रदेशमा पनि मन्त्रीमण्डलको आकार तोक्न शिवाकोटीको माग

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य अजयवावु शिवाकोटीले प्रदेशको मन्त्रीमण्डलको पनि आकार निर्धारण गर्न माग गर्नु भएको छ । 

संघीय सरकारमा २५ जना भन्दा बढी मन्त्री बनाउन नपाउने संवैधानिक व्यवस्था भएकाले ठूलो मन्त्रीमण्डल बनाउने प्रबृत्ति नियन्त्रणमा आएकाले प्रदेशमा पनि त्यस्तै व्यवस्था गर्नु पर्ने उहाँको भनाई छ । 

प्रदेशहरुमा मन्त्रीमण्डलको आकार जथाभावी गराउने विक्रिती बढेकाले मन्त्रीहरुको संख्या तोक्नुपर्ने नेता शिवाकोटीले माग गर्नुभयो । 

नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “जथाभावी मन्त्री मण्डल बनाउने र उनीहरुले काम न काजसँग झण्डा हल्लाउदै, भाषण गर्दै हिंड्ने गरेकाले पनि संघीयता बदनाम भएको हो ।”

उहाँले कतिपय प्रदेशकै गतिविधिका कारण र कतिपय संघीय सरकार वा पार्टीको केन्द्रीय शीर्ष नेतृत्वका कारण संघीयता बदनाम र कमजोर भएको दावी गर्नुभयो । 

“तीनै तहका सरकारको, आ आफ्नै काम, कर्तव्य र अधिकार छन्, तर त्यसलाई केन्द्रबाट हस्तक्षेप हुने प्रवृत्ति गलत छ, त्यसलाई सुधार्नु पर्छ,” उहाँले भन्नुभयो । 

प्रदेशले गर्नुपर्ने निर्णय केन्द्रले गरेर उनीहरुलाई वोधार्थ मात्रै दिने अभ्यासले नै संघीयता कमजोर भएको उहाँको भनाई छ ।  

केन्द्रीय सदस्य शिवाकोटीले काँग्रेस सरकारमा सहभागी भएकै कारणले पहिलेदेखि उठाउदै आएका भ्रष्टाचारका मुद्धामा चुप नलाग्ने स्पष्ट पार्नुभयो । 

“कांग्रेसका महामन्त्रीहरु लगायत धेरै नेताहरुले भ्रष्टाचार सम्वन्धी धेरै मुद्धाहरुलाई उठाउदै आउनु भएको छ, त्यो आवाज सत्तामा गएकै कारणले बन्द हुने वा फेरिने हुदैन,” नेता शिवाकोटीले भन्नुभयो । 

 

images
प्रकाशित मिति :श्रावण २५, २०८१ शुक्रवार - ०८:५६:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend