काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।
दुबै गुठीका पदाधिकारीले सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई रक्षा बन्धन प्रदान गर्नुभएको हो ।
यसैबीच, राष्ट्रपति पौडेलले महत्त्वपूर्ण सांस्कृतिक पर्व रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप नवयज्ञोपवित जनै एवम् रक्षा बन्धन ग्रहण गर्नुभएको छ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले पण्डित अर्जुनप्रसाद न्यौपानेबाट साइत अनुसार सोमबार दिउँसो जनै एवम् रक्षा बन्धन ग्रहण गर्नुभएको हो ।

