Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपालमा बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

नेपालमा बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

नेप्लिज डायस्पोरा

७, भाद्र २०८१
images
नेपालमा बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

 

 

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मर्स्याङ्दी नदीमा खसेको हो ।

 

तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए ।

 

यात्रुको संख्या भने एकिन हुन सकेको छैन । अहिले सशस्त्र प्रहरी बलको गोताखोर टोलीले घट्नास्थलमा यात्रुको उद्धार गरिरहेको छ ।

 

यात्रुको उद्धारका लागि १० जनाको गोताखोर टोली घट्नास्थलमा परिचालन गरिनुका साथै उनीहरुलाई अस्पताल लैजाने कार्य जारी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

 

अप्ठ्यारो भीर भएका कारण घाइतेको उद्धारमा कठिनाइ भइरहेको उनले बताए ।

 

उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ । बसमा झण्डै ४० भारतीय यात्रु सवार रहेको बताइएको छ ।

images
प्रकाशित मिति :भाद्र ७, २०८१ शुक्रवार - १९:१९:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend