Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अस्टिनमा गौरा पर्व मनाउदै देउडा खेलियो

अस्टिनमा गौरा पर्व मनाउदै देउडा खेलियो

नेप्लिज डायस्पोरा

९, भाद्र २०८१
images
अस्टिनमा गौरा पर्व मनाउदै देउडा खेलियो

नारायण भण्डारी

अस्टिन / टेक्सास 

नेपालको सुदुरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको मौलिक पर्व गौरा शुक्रवार सॅाझ टेक्सासको राजधानीमा देउडा खेलेर मनाईएको छ । गौरा नेपालको सुदुर पश्चिम क्षेत्रमा मनाईने लोकप्रिय धार्मिक,सास्कृतिक एवं सामाजिक पर्व हो । यो रमाईलो र पवित्र मानिएको पर्वलाई मानिसहरु गॅाऊ गॅाऊ देउडा खेलेर मनाउने गरिन्छ । यो पर्वमा भगवान शिव र पर्वती ( गौरी) को पूजा अर्चना गरिन्छ । 

यो पर्वले मानिसहरुमा धार्मिक आस्था र आपसी सद्भाव बढाउने र समाजमा सुख शान्ति प्राप्त हुने विश्वास रहेको छ । यो पर्व भदौ महिनाको कृष्ण पक्षको षष्ठी देखि कृष्ण अष्ठमी सम्म मनाईन्छ । 

IMG_9855.jpeg

 

शुक्रवार सॅाझ ग्रेटर अष्टिनको हट्टोमा रहेको पशुपतिनाथ मन्दिर परिषरमा नेपालका सास्कृतिक धरोहर एवं देउडा गीत संगितका संम्राट नन्दकृष्ण जोशीको प्रमुख आतिथ्यमा देउडा खेलेर अस्टिनवासी नेपालीले यो पर्व मनाए ।

सुदुरपश्चिम नेपाली समाज टेक्सासले आयोजना गरेको गौरा पर्व मनाउने कार्यक्रममा सहभागी हुन आउनु भएका चर्चित देउडा गायक जोशीले यो पर्वको विशेष धार्मिक महत्व बताउनु भयो । 

प्रमुख अतिथी जोशीले गौरा पर्वमा साक्षात देवीको पूजा अर्चना गरिने र यो खुसी एक आपसमा साटदै देउडा खेलेर रमाईलो गरिने प्रचलन रहेको जानकारी दिनु भयो ।

IMG_9854.jpeg

 

गौरा पर्वको अवसरमा अमेरिका आउनु भएका जोशीले छोटो मन्तव्य राख्दै भन्नु भयो “म देउडा खेल्न आएको हुं, मलाई नेपालको माया छ , मेरो संस्कृतिको माया छ ।” विलक्षण सास्कृतिक प्रतिभा भएका र सुरम्य स्वरका धनि जोशीलाई मन्तव्य टुग्याउन नपाउदै उपस्थित श्रोता दर्शकले देउडा गीत गाईदिन अनुरोध गरेका थिए । 

आफ्नो मन्तव्य टुग्याएर संगितको साथ उहॅाको आवाज के गुन्जेको थियो दर्शक श्रोता देउडा खेल्न मन्चमै उक्लिए ।उहॅको  झम्क्यो डालीमा …….भन्ने गित संगै सुरु भएको देउडा नृत्य राईझुमा…झुमा ….क्या मसक्याकी छ हो राईझुमा सम्म गुन्जि रह्यो ।

IMG_9853.jpeg

जोशीको उपस्थितीले सुदुरपश्चिमेली नेपाली समुदायलाई निकै हर्षित तुल्याएको गैर आवासिय नेपाली संघका आईसिसि सदस्य पदम ठकुराठीले वताउनु भयो ।

IMG_9858.jpeg

IMG_9857.jpeg

 

IMG_9856.jpeg

 

 

images
प्रकाशित मिति :भाद्र ९, २०८१ आइतवार - ०३:३९:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend