Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मन्त्री पाण्डेलाई देउवाले भने “मन्त्रालय सम्हाल्न नसके छोड्नु‚ अर्को आउँछ”

मन्त्री पाण्डेलाई देउवाले भने “मन्त्रालय सम्हाल्न नसके छोड्नु‚ अर्को आउँछ”

नेप्लिज डायस्पोरा

१७, भाद्र २०८१
images
मन्त्री पाण्डेलाई देउवाले भने “मन्त्रालय सम्हाल्न नसके छोड्नु‚ अर्को आउँछ”

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रालयको जिम्मेवारी सम्हाल्न नसक्ने भए छाडेर मार्ग प्रशस्त गर्न पार्टी सहमहामन्त्री समेत रहेका पर्यटन मन्त्री बद्री पाण्डेलाई सुझाव दिएका छन् । 

 

आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै मन्त्री पाण्डेले स्रोत साधनको अभावमा काम गर्न नसकेको बताएका थिए । उनले आफूहरू मन्त्री बनेपछि मन्त्रालय बुझ्ने काम भइसकेको र स्रोत साधन अभावका कारण काम गर्न चुनौती भएको बताएका थिए । आफ्नो मन्त्रालय बुझेर सबै निराश र थकित भइसकेको भन्दै कांग्रेस र एमाले मिलेर मन्त्रालयलाई सहज हुने गरी थिंक ट्यांक निर्माण गर्न जरुरी रहेको उनले बताएका थिए ।

 

जवाफमा देउवाले प्रधानमन्त्री ओलीसँग गएर कुरा गर्न भने । ‘तपाईँ आफै बाठो चलाख मान्छे हुनुहुन्छ । गएर कुरा गर्नुहोस्‚’ देउवाले भनेका थिए‚‘सक्नुहुन्न भने छाडेर आउनुहोस् । अर्को गएर मन्त्री बन्छ ।’

images
प्रकाशित मिति :भाद्र १७, २०८१ सोमवार - ०८:३२:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend