Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

प्युठानको माण्डवीमा ७ वर्षदेखि बन्द घरमा मानव कंकाल फेला

प्युठानको माण्डवीमा ७ वर्षदेखि बन्द घरमा मानव कंकाल फेला

नेप्लिज डायस्पोरा

१९, भाद्र २०८१
images
प्युठानको माण्डवीमा ७ वर्षदेखि बन्द घरमा मानव कंकाल फेला

प्युठान– प्युठानमा मानव कंकाल भेटिएको छ। माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कंकाल फेला परेको हो । 

 

स्थानीय दलबहादुर खत्रीको घरमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए। स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए।

 

ओत लागेको समयमा मानव कंकाल देखिएको स्थानीय बताएका छन्। कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कंकाल भेटिएको प्रहरीले जनाएको छ। 

 

मानव कंकाल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो। घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ।

 

सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली सोमबार घटनास्थलमा पुगेको हो।

 

प्रहरीले कंकाललाई प्युठान अस्पताल ल्याई डीएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ। त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान शुरू हुने प्रवक्ता केसीको भनाइ छ।

images
प्रकाशित मिति :भाद्र १९, २०८१ बुधवार - १७:५०:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend