Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रास्वपा अध्यक्ष रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन, रवि कार्यकर्तासहित पार्टी कार्यालयमा

रास्वपा अध्यक्ष रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन, रवि कार्यकर्तासहित पार्टी कार्यालयमा

नेप्लिज डायस्पोरा

६, आश्विन २०८१
images
रास्वपा अध्यक्ष रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन, रवि कार्यकर्तासहित पार्टी कार्यालयमा

 

६ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा जम्मा भईरहेको एक नेताले जानकारी दिए । 

 

पार्टीले आफ्ना नेता कार्यकर्तालाई तत्काल पार्टी कार्यालयमा आउन सर्कुलर जारी गरेको थियो । सर्कुलरमा कुनै कारण उल्लेख गरिएको छैन ।

 

रास्वपाका एक नेताका अनुसार सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा छन् ।

 

रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई  पक्राउ गर्न प्रहरी परिचालन भएको आशंका गर्दै रास्वपाले भेला डाकेको हुनसक्ने बताईएको छ ।

 

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले आइतबार प्रक्राउ गरिसकेको र लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन भएको बुझिएको छ  ।

images
प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - २०:०२:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend